सल्यान उद्योग वाणिज्य संघको आयोजनामा बजार सरसफाइ

इन्द्र बुढाथोकी ।सल्यानको पश्चिम क्षेत्रमा रहेको सल्लीबजारमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । सल्यान उद्योग वाणिज्य संघको आयोजनामा सरसफाइ गरिएको हो । उद्योग वाणिज्य संघको ९ औ वार्षिक साधारण सभा तथा रजत जयन्तीको अवसरमा बजार सरसफाइ कार्यक्रमको आयोजना गरिएको अध्यक्ष विर बहादुर चलाउनेले जानकारी दिनुभयो ।


बजार सरसफाइ कार्यक्रममा नेकपा जिल्ला कमिटी सचीव कर्ण बहादुर बुढाथोकी, बनगाड कुपिण्डे नगरपालिका वडा न १ वडा अध्यक्ष शान्तकुमार यरि, सवुज गण सल्लीबजारका सेनानी बिक्रम राई, देवस्थल प्रहरी कार्यालयका प्रहरी इन्चार्ज प्रेम बहादुर बोहरा लगाए व्यापारी, बजारबासी नेपाली सेना, नेपाल प्रहरी, स्थानीय लगाएतले बजार सरसफाइ गरेका छन ।

प्रकाशित मिति: २१ माघ २०७६, मंगलवार ११:५८