भाडाको भरमा विद्यालय सञ्चालनमा

रुकुम पश्चिम–२३ माघ। रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाको एक बिद्यालय भाडाको भरमा सञ्चालनमा आएको छ ।

गाउँपालिकाको चन्द्रज्योती आधारभुत बिद्यालय छिनखेत पुस महिनाको १५ गतेदेखी भाडाको भरमा सन्चालनमा आएको हो । २०६४ सालमा स्थापना भएको बिद्यालय स्थापनाकालदेखि नै कक्षा १ देखि ५ सम्म सन्चालनमा आएता पनि अहिले ३ कक्षासम्म मात्रै पढाई हुन थालेको हो । बाफिकोट गाउँपालिकाले बिद्यालय घटुवा गर्ने क्रममा यो बिद्यालय घटुवामा परेर १ देखि ३ सम्म सञ्चालनमा आएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धिरेन्द्र कुमार शाहिले बताउनुभयो ।

चन्द्रज्योति आधारभुत बिद्यालयमा ६५ जना विद्यार्थीहरुलाई ४ जना शिक्षकले पठनपाठन गरिरहेको बिद्यालयले जनाएको छ । २०६४ सालदेखि  टिनको पाताको घरमा विद्यालय सञ्चालन भएको थियो भने २०६८ सालमा स्थानियहरुले १२ लाखको श्रमदान ५ कोठे कच्ची भबन निर्माण गरेर पठनपाठनलाई सहज बनाएका थिए । तर अहिले विद्यालयको अवस्था नाजुक बन्दै जादाँ दुःख लागेको स्थानीय बुद्दिजिबी जोख बहादुर मल्लले बताउनुभयो ।

बिद्यालय भवन निर्माणको चरणमा रहेको भन्दै भाडामा पठनपाठन गर्न बाध्य बनेको विद्यालयका प्रधानध्यापक सुनिता शाहि मल्लको भनाई छ । विद्यालयमा अहिले ४ कोठे पक्की भवन निर्माणको काम भैरहेको हुदाँ केही महिनाको लागि विद्यार्थीहरुलाई घर भाडामा लिएर पठनपाठन गराईरहेको बिद्यालयले जनाएको छ ।

कर्णाली प्रदेश अन्तरर्गत संसदिय कोषको २० लाखको बजेटबाट बिद्यालयमा ४ कोठे पक्की भबन निर्माणको काम भैरहेको हुँदा केही महिनाको लागि बिद्यालय भाडाको भरमा सन्चालनमा छ । स्थानिय मनबहादुर बुढाथोकीको घर भाडामा लियर विद्यालयले पठनपाठन सन्चालन गरिरहेको छ ।

प्रकाशित मिति: २३ माघ २०७६, बिहीबार १५:०५