गोतामकोटमा जाऔँ रमणीय ठाउँको भ्रमण गरौँ

प्रचण्ड खत्री (रुकुम पश्चिम् )
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी रकुम (पश्चिम)को आठविसकोट नगरपालिका गोतामकोटमा भव्य कार्यक्रमको आयोजना गरिने भएको छ । आठविसकोट नगरपालिकाको आयोजना र गोतामकोट आत्रे ऋषी मन्दिर पूर्वाधार विकास समिति मालिकाको सहआयोजनामा नेपाल भर्मण वर्ष २०२० लाई लक्षीत गरी वडा नम्बर ४ गोतामकाटेमा कार्यक्रम हुन लागेको हो ।
यही माघ २९ गत्ते कार्यक्रम हुने नगर प्रमुख गोर्ख बहादुर केसी (सन्देश)ले जानकारी दिनुभयो । नेपालका १ सय पर्यटकीय स्थल मध्य एक पर्यटकीय गन्तव्य गोतामकोटको आत्रे ऋषी मालिका मन्दिरको अवलोकन तथा भम्रण गरिने उहाँले बताउनुभयो ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका गोतामकोटमा जाआँै आत्रेऋषी आश्रम, मालिका मन्दिर, चित्रेपाटन लगाएको रमणीय ठाऊँको भर्मण गराँै भन्ने मुल नारा सहित कार्यक्रमको आयोजना गर्न लागिएको छ नगरपालिकाले जनाएको छ । नेपाल सरकारले ओझेलमा परेका नयाँ पर्यटकीय गन्तब्यलाई प्रवर्दन गर्ने उदेश्य लिएर थप १ सय वटा पर्यटकीय गन्तव्य स्थल पहिचान गरेको थियो जसमा चित्रेपाटन पनि पर्यटकिय गन्तव्यमा परेको हो ।


नेपालको पर्यटन प्रवर्दनका लागि पहिचान गरिएको नयाँ गन्तब्य आत्रेऋषी आश्रम, मालिका मन्दिर चित्रेपाटन लगाएका गोतामकोटका नौ झरणा रमणिय ठाउँहरुको प्रचार प्रशार गरी गोतामकोटमा पनि पर्यटक भित्रयाउने लक्ष राखिएको नगर प्रमुख केसीले बताउनुभयो । यसैविच गोतामकोटलाई गौतमहरुको उद्धगम स्थलका रुपमा पनि पहिचान गरिएको छ ।
गौतमहरुले बासस्थान गरेको ठाऊँ भएकाले गोतामकोट नाम रहन गएको वडा नम्बर ४ का वडा अध्यक्ष बाबुराम विष्टले जानकारी दिनुभएको छ । ऐतिहाँसिक, साँस्कृतिक धार्मिक दृष्टीकोणले महत्वपूर्ण मानिएको गोतामकोटलाई पर्यटकिय स्थलका रुपमा विकास गर्न यहाँ मालिका मन्दिर निर्माण भैरहेको छ । हाल सम्म मन्दिर निर्माणको काम २५ प्रतिशत सम्पन्न भएको आत्रे ऋषी मन्दिर पूर्वाधार विकास समितिका अध्यक्ष दिनानाथ विकले बताउनुभयो ।
उहाँका अनुसार गोतामकोट देखी चित्रेपाटन सम्म पैदल मार्ग निर्माणको काम पनि भैरहेको छ । ४ नम्बर वडा कार्यालय देखी मालिका मन्दिर सम्म उक्त पद मार्ग निर्माण भैसकेको छ भने आत्रेऋषी हुँदै चित्रेपाटन सम्म उक्त मार्ग पु¥याउने लक्ष्य राखिएको छ नगर प्रमुख के सिले बताउनुभयो ।पैदल मार्ग र मालिका मन्दिर निर्माणका लागी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशबाट पाँच करोड बजेट विनियोजन गरिएको छ ।
उक्त पर्यटकिय क्षेत्रमा थप पुर्वाधार विकासका लागी थप अध्ययन गर्नका लागी पनि कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाअध्यक्ष बामदेब गौतम पूर्व गृहमन्त्री एवं प्रतिनिधी सभा सदस्य जनार्दन शर्मा (प्रभाकर) उपस्थित हुनुहुने भएको छ ।
यस्तै कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही, प्रदेश सभा सदस्यहरु रुकुम पश्चिमका स्थानिय तहका प्रमुख तथा प्रतिनिधि लगाएत अन्य विशिष्ट व्यक्तित्वहरु पनि कार्यक्रममा सहभागी हुने आठविसकोट नगरपालिकाका नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २५ माघ २०७६, शनिबार १२:०३