
इन्द्र बुढाथोकी,सल्यान।भ्रमण वर्ष २०२० लाई सफल बनाउन सल्यानको पश्चिममा रहेको कुपिण्डेतालमा भव्य कार्यक्रम हुने भएको छ । बनगाड कुपिण्डे नगरपालिकाको आयोजनामा कुपिन्डे तालमा कार्यक्रम हुन लागेको नगरपालिकाले जनाएको छ । फागुन १ गते हुन लागेको कार्यक्रमलाइ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रमलाइ सफल बनाउन कर्णाली प्रदेशका मुख्यमन्त्री सहित बाहालवाला मन्त्री,सल्यान जिल्लाका प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य लगायतको सहभागिता रहने नगर प्रमुख गोविन्द कुमार पुनले जानकारी दिनुभयो ।
उहाँले जिल्लाका १० वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, कार्यालयका प्रमुख, वडा अध्यक्ष, विभिन्न पार्टीका प्रमुख, कर्मचारी, पत्रकार स्थानीय लगाएतको उपस्तिथि रहने उहाँले बताउनुभयो ।
मिनि रारा भनेर चिनिने कुपिण्डे ताललाइ उहाँले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थलको प्रचारप्रसारलाइ अझै बढाउनसो भम्रण वर्षमा धेरै पर्यटक भित्र्याउन सकिने बताउनुभयो ।
प्रमुख पर्यटकीय स्थल कुपिण्डेताललाइ राष्ट्रीय तथा अन्तराष्ट्रीय रुपमा प्रचार प्रसार गर्न आयोजना गर्न लागिएको कार्यक्रममा सहभागीहरुलाइ स्थानीय स्तरमा उत्पादन भएका अर्गा्निक वस्तुबाट बनेका परिकार खुवाइने नगरपालिकाले योजना बनाएको छ । साथै स्थानीय संस्कृति झल्काउने मौलिक कला संस्कृतिको प्रदर्शन गरिने छ।
प्रकाशित मिति: २७ माघ २०७६, सोमबार २१:३४