५२ जना बालबालिकाहरुको स्वास्थ्य तथा अपाङ्गता परिक्षण

सल्यान ।जिल्लाका १८ बर्षसम्मका शारीरिक अपाङ्गता भएका ५२ जना बालबालिकाहरुले स्वास्थ्य तथा अपाङ्गता परिक्षण गराएका छन ।विकलाङ्ग मित्र समूह÷अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपा, काभ्रेपलाञ्चोकको आयोजना र जिल्ला समन्वय समिति सल्यान एवं सबै नगरपालिका र गाँउपालिकाको समन्यव र सहयोगमा बागचौर नगरपालिका वडा नम्बर २मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा सम्पन्न भएको छ । सल्यान जिल्लाका १८ बर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको लागि स्वास्थ्य तथा पुनस्र्थापन घुम्ति शिविर संचालन गरेको आयोजकले जनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले अपाङ्गता भएका व्यक्तिहरुको शारीरिक अवस्थालाई सुधार गर्नका लागि उपचार तथा पुनस्र्थापनमा नगरपालिकालाई थप जिम्मेवारी बोध भएको र सो को लागि बजेट समेत बिनियोजन गर्ने बताउनु भयो ।उहाँले शिविरमा उपस्थित सम्पुर्ण बालबालबालिकाहरुलाइ सेवा लिन आग्रह गर्दै शिविर सफलताको कामना व्यक्त गर्नु भयो ।

शिविरको सञ्चालन गर्नुको उद्देश्य माथि प्रकाश पार्दै बासुदेव जोशीले उपचार र पुनस्र्थापनमा बागचौर नगरपालिका संग समन्वय र सहकार्य र हातेमालो गर्न तप्तर रहेको र बाल अपाङ्गता व्यवस्थापनमा स्थानिय सरकारको प्रमुख दायित्व रहेकोे बताउनु भयो । विशिष्ट अतिथि नगर उप प्रमुख कल्पना पुन, स्वास्थ्य सह संयोजक धनिराम के.सी. र अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपा, शिविर टिम व्यवस्थापक बासुदेव जोशीको उपस्थितिमा शिविरको औपचारिक कार्यक्रम शुरु भएको थियो ।


घुम्ति शिविरमा हाडजोर्नी, नसा र मांसेशी सम्बन्धि समस्या भएका अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपा काभ्रेमा उपचारका लागि भर्ना मिति पाएका बालबालिकाहरु ५ जना र अनुगमन र परामर्शका लागि १४ जना शारीरिक अपाङ्गता भएका बालबालिकाहरुलाई बोलाईएको छ । ५ जना बालबालिकाहरुको सहायक सामाग्री नाप गरिएको छ । १ थान हुवीलचियर बागचौर नगरपालिका वडा नंम्बर ८ कोटमौला निवासी शारीरिक अपाङ्ग कृष्ण सार्कीलाई प्रदान गरिएको छ । हातको समस्या भएका ४ जना बालबालिकाहरुलाई स्पीलिन्ट प्रदान गरिएको छ भने २२ जना बालबालिकाहरुलाई आवश्यकताको आधारमा औषधि वितरण गरिएको छ ।
अपाङ्गता भएका बालबालिका र समुदायलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन, देशभरी छरिएर रहेका शारीरिक अपाङ्गता भएका, तथा गरीब व्यक्तिहरुको पुनस्र्थापनका लागि समावेशी, सुझबुझपूर्ण तथा जिम्मेवार समाजको श्रृजना गर्न र समान अवसरको साथै उपयुक्त उपचार तथा वातावरणीय सवलीकरणद्वारा शारीरिक अपाङ्गता भएका बालबालिकाहरुले गुणात्मक जीवनको लागि समतामूलक पहुँच सुनिश्चित गर्ने मूल उद्देश्यका साथ संस्था संचालन गरेको होमराज केसीले जानकारी दिनुभयो ।

गरीबीको रेखामुनि रहेका तथा पहुँचबाट विमुख अपाङ्गता भएका बालबालिकाहरुलाई प्राथमिकताका साथ उपचार तथा पुनस्र्थापन सेवा पु¥याउने उद्देश्यले वि.सं. २० भाद्र २०४२ (सन् १९८५ सेप्टेम्वर ५) देखि संचालनमा आएको यस उपचार तथा पुनस्र्थापन कार्यक्रम वि.सं २०४८ (सन् १९९२) देखि विकलाङ्ग मित्र समुह (गैर सरकारी संस्था) ले पूर्ण जिम्मेवारी बहन गरी अपाङ्ग बाल अस्पताल तथा पुस्र्थापन केन्द्र मार्फत उपचार तथा पुनस्र्थापन कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आईरहेको छ ।

 

प्रकाशित मिति: २८ माघ २०७६, मंगलवार २०:३३