उपचार तथा पुनस्र्थापनले अपाङ्गता भएका व्यक्तिहरुको जीवन सपाङ्ग सरह हुन सक्छःमन्त्री ज्वाला

सल्यान ।कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले अपाङ्गता भएका व्यक्तिहरुको उपचार तथा पुनस्र्थापनले अपाङ्गता भएका व्यक्तिहरुको जीवन सपाङ्ग सरह हुने बताउनु भएको छ । सल्यानको श्रीनगरमा आयोजना गरेको १८ बर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको लागि स्वास्थ्य तथा अपाङ्गता परिक्षण घुम्ती शिविर कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अपाङ्गता भएका बालबालिकाहरुले उपचार तथा पुनस्र्थापनमा अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाले धेरै ठुलो योगदान गरेको र सल्यान जिल्लाबाट सयौ बालबालिका उपचार तथा पुनस्र्थापन प्रकृयाबाट लाभान्वित रहेको बताउँदै उहाँले अभैm धेरै बालबालिकाहरु उपचार र पुनस्र्थापन प्रकृयाबाट विमुख रहेकोले यस्ता शिविर सञ्चालनक आवश्यक रहेका बताउनु भयो ।

देश भरि रहेका सबै जिल्लाहरुले उपचार सेवा लिएको जानकारी गराउदै उहाँले अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपामा बेला बेलामा भ्रमण गरेको र अस्पताल व्यवस्थापन समितिसंग कुराकानी र छलफल गरेको जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै उहाँले आर्थिक वर्षको योजनामा अपाङ्गता शिर्षकमा बजेट बिनियोजन गरेको र यो विशुद्ध मानविय कार्यमा सहयोग गर्न स्थानिय सरकारलाई आग्रह गर्नू भयो ।उहाँले शिविर उपस्थित सम्पुर्ण बालबालबालिकाहरु सेवा लिन आग्रह गर्दै शिविर सफलताको कामना व्यक्त गर्नु भयो ।

अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपा, शिविर टिम व्यवस्थापक बासुदेव जोशीले मन्तब्यको क्रममा संस्थाले शिविरको सञ्चालन गर्नुको उद्देश्य अपाङ्गता भएका बालबालिकाहरुको पहिचान गरि उनिहरुको उपचार तथा पुनस्र्थापनाको योजना तयार पारी बालबालिकाहरुको जीवनमा सकारात्मक परिवर्तन गर्नका लागि कार्य गरिरहेको साङ्ग बालबालिकाहरु सरह गुणात्मक जीवनयापनका लागि कार्य गरिरहेको बताउनु भयो ।
कर्णाली प्रदेश सरकार स्थानिय सरकारसंग बाल अपाङ्गता व्यवस्थापनका लागि समन्वय गरिहेको जानकारी गराउदै शिविरको लागि सहयोग गर्ने नगरपालिका र गाँउपालिकाहरुलाई धन्यबाद प्रकट गर्दै आगामी दिनमा पनि सहयोग र समन्वयको अक्षेपा गर्नुभयो ।

घुम्ति शिविरमा हाडजोर्नी, नसा र मांसेशी सम्बन्धि समस्या भएका १८ बर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको ८० जना भएका बालबालिकाहरुले स्वास्थ्य तथा अपाङ्गता परिक्षण गराएका छन । अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपा काभ्रेमा उपचारका लागि भर्ना मिति पाएका बालबालिकाहरु ९ जना र अनुगमन तथा परामर्शका लागि ९ जना शारीरिक अपाङ्गता भएका बालबालिकाहरुलाई बोलाईएको छ । ५ थान बालबालिकाहरुको सहायक सामाग्री नाप गरिएको छ भने हातको समस्या भएका २ जना बालबालिकाहरुलाई स्पीलिन्ट प्रदान गरिएको छ । यस्तै ३३ जना बालबालिकाहरुलाई आवश्यकताको आधारमा औषधि वितरण गरिएको छ ।
विकलाङ्ग मित्र समूह÷अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपा, काभ्रेपलाञ्चोकको आयोजना र जिल्ला समन्वय समिति सल्यान एवं सबै नगरपालिका र गाँउपालिकाको समन्यव र सहयोगमा सल्यानमा कार्यक्रम सम्पन्न भएको हो । मुख्यमन्त्रिका स्वकिय सचिव खेमराज सिंह, शारदा नगरपालिका वडा नंम्बर १, वडाध्यक्ष नमराज बुढाथोकी, वडा नंम्बर २ वडाध्यक्ष केशव बुढाथोकी र वडा नंम्बर ३ का वडाध्यक्ष टोमबहादुर थापा लगायतको सहभागिता रहेको थियो । भने स्वास्थ्य चौकी श्रीनगरका प्रमुख दल बहादुर रानाले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति: २९ माघ २०७६, बुधबार २१:४४