तिनै तहको सरकार सिस्टममा चलेको छैनःमुख्यमन्त्री शाही

मिना बुढाथोकी ,सल्यान ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले वर्तमान समयमा तिनै तहको सरकार सिस्टममा रहेर न चलेको बताउनु भएको छ । तिनै तहको सरकार बीचको समन्वय कसरी भइ रहेको छ र सहकार्यको अवस्था कस्तो रहेको छ भनि बिहिवार जिल्लाका कर्मचारी र स्थानीय सरकारसंग अन्तरक्रियात्मक छलफलमा उहाँले यस्तो बताउनु भएको हो ।
अहिलेको अवस्थामा तिनै तहका सरकार आ आप्mनो तरीकाले चली रहेकाले बजेट दुर्घटना हुने देखिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नु भयो ।संघको योजना प्रदेशले थाहा न पाउने ,प्रदेशका योजना अरु दुइ सरकार लाइ थाहा नभएको र स्थानीय तहको पनि त्यही अवस्था रहेकाले आ आप्mनो तरीकाले जाँदा बजेट दुर्घटनाको सम्भावना बढी रहेको बताउनु भयो ।


बजेट दुर्घटनामा परेपछि रकम फ्रिज भएर जाने खतरा बढेको भन्दै उहाँले यस्तो दुर्घटनाले हरेक जिल्लाले ठुलो क्षति व्यहोर्नुपर्ने बताउनु भयो । बजेट समसयमै कार्यान्वयन हुन नपाउँदा जिल्लाको विकास एक वर्ष पछि धकेलिने हुँदा यस्ता दुर्घटनाबाट जोगिन तिनै तहका सरकारले समयमै ध्यान पुर्याउन उहाँले आग्रह गर्नु भयो ।
सल्यान जिल्लाका तिनै तहको सरकार बाट आएको बजेट हुबहु कार्यान्वयन गर्न सके जिल्लाको मुहार फेर्न सकिने हुँदा अहिलेको तिनै तहको सरकार सिस्टममा चल्न जरुरी रहेको उहाँको भनाइ थियो । नयाँ व्यवस्थाको प्रारम्भिक कार्यान्वयनको चरणमा रहेकाले थुप्रै समस्या रहेको बताउँदै उहाँले अहिलेको सरकारको एकात्मक मानसिकता रहेकोले पनि समस्या सृजना भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘अहिले पनि कस्तो छ भने,स्थानीय तहले अन्य दुइ तहको सरकार छ भन्ने बुझेको छैन,अनि प्रदेश सरकारले पनि अन्य दुइ सरकार छ भन्ने न बुझेको र संघीय सरकारले पनि हामी बाहेक अरु कोही पनि सरकार छैन भनेर सबैलाइ दम्भ चढेको छ ।’सबैले राम्रोसंग समन्वय न गर्दा यस्तो समस्या सृजना भएको बताउँदै उहाँले तिनवटा सरकार बीच समन्वयको खाँचो रहेको बताउनुभयो ।
पछिल्लो समय स्थानीयले पनि सरकार संग विकासका लागी नभइ आप्mनो गोजीमा केही बचाउनका लागी योजना माग गर्न आउने गरेको उहाँले बताउनु भयो ।उहाँले भन्नुभयो, ‘योजना माग्न आउनेहरु पनि गाउँमा धारा बनाउँला भनेर आउने कम छन्,सिंचाइको कुलो बनाउँला भनेर माग्न आउने कम छन,तर कुनै विद्यालयको भवन देखाएर वा खानेपानीको समस्या भएको कुनै गाउँ देखाएर आप्mनो खर्च चलाउने हरुको बिगबिगी बढेको छ ।’
यस्ता कारणहरुले पनि विकास हुन नसकेको भन्दै उहाँले यस्ता कार्यहरु बाट सतर्क रही कार्य सम्पादन गर्न स्थानीय सरकार तथा सल्यानका कर्मचारी लाइ उहाँले आग्रह गर्नुभयो ।उहाँले कामलाइ पारदर्शी बनाउन जिल्ला स्थित कार्यलयहरुले कार्यको प्रगती र समस्यका बारेमा प्रदेश सरकारलाइ अनिवार्य लिखित रुपमा जानकारी गराउनु पर्नेमा उहाँको जोड थियो । उहाँले कार्य प्रगती प्रतिवेदनका आधारमा थप निर्देशन दिने बताउनु भयो ।

 

प्रकाशित मिति: १ फाल्गुन २०७६, बिहीबार २०:०४