किशोरीहरुलाई आईरण चक्की बितरण

प्रचण्ड खत्री
रुकुम पश्चिम्
पुर्बी रुकुमको एक बिद्यालयमा बिद्यालय स्वास्थ्य तथा पोषण र किशोरीहरुलाइ आइरन चक्की बितरण सम्बन्धी बिद्यालय स्तरमा शिक्षक तथा व्यवस्थापन समितिलाई अभिमुखिकरण तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
युएसएआईडीको आर्थिक सहयोग र रुकुमेली समाज बिकास केन्द्रद्वारा संचालित सु आहारा कार्यक्रम अन्र्तगत भुमे गाउँपालिका २ काक्रीमा रहेको त्रिवणी माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो । बिधालय व्यवस्थापन समितिका अध्यक्ष पृथी बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा भुमे गाउँपालिका स्वास्थ्य प्रमुख उपेन्द्र यादव , सोही शाखाका सन्जिब खड्का , बिधालयका शिक्षक शिक्षिका बिद्यार्थीहरुको सहभागिता रहेको थियोे ।
कार्यक्रममा आइरन चक्कीको महत्त्व यसका फाइदा बेफाइदा लगाएत को बारेमा जानकारी गराइएको सु आहारा कार्यक्रमका अधिकृत कृष्ण बुढाले जानकारी दिनु भयो । कार्यक्रमको सहजीकरण सुआहाराका फिल्ड सुपरभाइजर कुल बहादुर नेपालीले गर्नु भएको थियोे

प्रकाशित मिति: २ फाल्गुन २०७६, शुक्रबार १०:५९