
काठमाण्डौ – चीनको वुहान शहरमा रहेका एक सय ७६ जना नेपालीलाई नेपाल ल्याइएको छ । नेपाल आउँदा उनीहरु निकै खुसि भएका छन् । कोरोना भाइरस फैलन सुरु भएको वुहानमा रहेका नेपालीहरु नेपाल एअरलाइन्सको चार्टर विमानमार्फत आइतबार बिहान चार बजेतिर काठमाण्डौ आइपुगेका हुन् ।
यद्यपि ६ जना नेपाली भने स्वास्थ्य समस्याका कारण नेपाल आउन पाएनन् । उनीहरुको कोरोना भाईरसको लक्षण देखिएको बताईएको छ । उनीहरुलाई वुहान एयरपोर्टमै रोकिएको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ । वुहानमा रहेका नेपालीहरु लिन एअरलाइन्सको ए ३३० विमान शनिबार त्यसतर्फ प्रस्थान गरेको थियो ।
यसैबीच सरकारले चीनबाट नेपाल फर्किएका नेपालीलाई भक्तपुरको खरिपाटीमा निर्माण गरेको क्वारेण्टाइनमा लगिएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट आइतबार राति नेपाल ल्याइएका नेपालीहरुलाई १५ दिनसम्म खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्माण गरिएको क्वारेण्टाइनमा राखिनेछ ।
प्रकाशित मिति: ४ फाल्गुन २०७६, आईतवार ०६:३३