
सल्यान ।
लोपोन्मुख कला संस्कृतिको संरक्षण एव प्रवद्र्धन गर्ने उद्देश्यका साथ त्रिवेणी गाउँपालिकाले स्थानीय लोक संस्कृति संरक्षण गर्न विभिन्न झाँकी सहतिको प्रस्तुतीकरण कार्यक्रम गरेको छ । समाजमा परम्परादेखी चली आएका पुराना संस्कृतिको जर्गेना गर्न भन्दै मंगलबार गाउँपालिकाले त्रिवेणी तिर्थशाला धाममा लोककला संस्कृतिको सम्मेलन गरेको हो ।
पुराना लोक कला र संस्कृतिको पुस्ता हस्तान्तरण नहुदाँ लोप हुन लागेको भन्दै गाउँपालिकाले संरक्षण अभियान सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले जानकारी दिनुभयो । जिल्लाका गाउँबस्तीमा रहेका परम्परा युवापिढीले स्वीकार गर्न नसक्दा बुढापाकाहरुसँगै हराउन थालेपछि त्यसको संरक्षण एव प्रवद्र्धनका लागि लोककला सस्कृति सम्मेलनको स्थानीय लोक संस्कृति संरक्षण तथा प्रस्तुतीकरण कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताउनुभयो ।
विकृति विरुद्ध सामाजिक सद्भाव, आपसी सम्मान र एकतालाई बलियो पार्दै समतामूलक समाज निर्माणका लागि कला र संस्कृतिलाई श्रम, उत्पादन र सुशासनमुखी अभियानमा लैजान यस कार्यक्रमले मद्धत पुग्ने उहाँको भनाई छ । कला र संस्कृतिको प्रर्वद्धधन र विकासका गाउपालिकामा रहेका बिभिन्न प्रस्तुतीहरु प्रर्दशन गरिएको थियो ।गत बर्ष जस्तै यस बर्ष पनि गाउँपालिकाले कार्यक्रमको आयोजना गरेको हो ।
युवाहरुर्लाइ पनि सल्यानको पहिचानका रुपमा रहेका संस्कृति संरक्षखणमा अग्रसर गराउन र समाजमा लेकेर रहेका लोक संस्कृतिलाई पहिचान, प्रवद्र्धन र प्रोत्साहन गर्न सम्मेलनको आयोजन गरिएको डाँगीको भनाई रहेको छ । सम्मेलनमा लोपोन्मुख रहेका बिभिन्न २१ वटा स्थानिय लहरे, पैसेरु, सोरठी, बन्गाडी टप्पा लगाएका बिभिन्न परम्परागत संस्कृतिहरुको प्रस्तुत गरिएको थियो ।
त्रिवेणीमा कृर्षि, पर्यटन, ब्यापार र पूर्वाधार ः गाउपालिकाको समृद्ध र बिकासको आधार भन्ने नाराका कार्यक्रमको आयोजना गरिएको हो ।सो अवसरमा गाउँपालकिाले गाउँपालिका स्तरीय उत्कृष्ठ हुने विद्यालयलाइ सम्मानित ग रेको थियो भने । तिर्थशाला धाममा निर्मित वृद्धाश्रम समेत हस्तान्तरण गरेको छ ।
प्रकाशित मिति: ६ फाल्गुन २०७६, मंगलवार २०:४२