कभर खबर

  • ६ फाल्गुन २०७६, मंगलवार २२:३२

सल्यानमा भएकाे सेनाको गाडि दुर्घटनामा घाइते मेजरकाे ज्यान गयो

काठमान्डौ – सल्यानमा भएको दु’र्घटनामा ग’म्भीर घा’ईते भएका थप एक जनाको मृ’त्यु भएको छ । गएको बुधबार भएको नेपाली सेनाको ट्रक दु’र्घटनामा परि ग’म्भीर घा’ईते भएका मेजर ३५ बर्षीय ईश्वर सिलवालको मृ’त्यु भएको हो ।सल्यानको सिमखर्कवाट दाङकोलागि छुटेको लु १ त १२३ नम्बरको नेपालीसेनाको ट्रक दु’र्घटना हुँदा सवुज गणमा कार्यरत नेपाली सेनाका जमदार यादव धरेलको मृ’त्यु भएको थियो । घा’इतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठमान्डौ स्थित छाउनी हस्पिटल ल्याइएको थियो ।

दु’र्घटनामा सेनानी जयप्रकाश बोहरा, मोहन थापा, सिपाही बिशाल गुरुङ, रेशम लित मगर, विपिन श्रेष्ठको उपचार भईरहेका छ ।सल्यानको सिमखर्कमा रहेको सवुज गणबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको लु१ग १२३ नम्बरको ट्रक कपुरकोट गाउँपालिका–३ मा पर्ने दाङ र सल्यानको सिमाना पर्ने चोरखोला नजिकै बुधबार दिउसो दु’र्घटना भएको थियो ।

प्रकाशित मिति: ६ फाल्गुन २०७६, मंगलवार २२:३२