कभर खबर

  • ६ फाल्गुन २०७६, मंगलवार २२:४१

सल्यान प्रहरीद्वारा शारदा नगरपालिकाका सबै वडा अध्यक्षसँग छलफल

सल्यान – ६ महिना को अवधिमा डेढ दर्जन उल्लेख्य काम गरेको सल्यान प्रहरीले सामाजिक रूपमा व्याप्त कुरीति, अपराध र मानवअधिकार हनन का घटनालाई न्यूनीकरण गर्न लागिपरेको छ । यसै क्रममा सल्यान प्रहरीले मंगलबार शारदा नगरपालिकाका वडा अध्यक्ष हरुसंग छलफल गरेको छ ।

सामुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सल्यानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले शारदा नगरपालिका सल्यानका सबै वडाका वडा अध्यक्ष ज्यु संग बनमा लाग्ने आगलागी नियन्त्रण, बालबिबाह, घरेलु हिंसा आदि बारे छलफल गर्नु भएको हो ।

यस्तै जुवातास,घरेलु मदिरा,जातिय छुवाछुत तथा भेदभाव नियन्त्रण तथा रोकथामका सम्बन्धमा सम्पुर्ण वडा अध्यक्षसँग छलफल तथा  अन्तरक्रिया गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०७६, मंगलवार २२:४१