सल्यानको प्रादेशिक महोत्सव एकै दिनमा १५ हजार बढीले गरे अवलोकन

सल्यान ।
सल्यानमा जारी प्रादेशिक कृषि,पर्यटन,उद्योग,ब्यापार तथा सांस्कृतिक महोत्सव २०७६को आज आठौं दिन दशर्कको उल्लेख मात्रामा सहभागिता देखिएको छ ।बुधबार मात्रै करिब १५ हजार दर्शकले महोत्सव अवलोकन गर्न आएको आयोजकले जनाएको छ ।
११ दिनसम्म संचालन हुने प्रादेशिक महोत्सवमा आज फागुन ७ गते बाल गायिका कमला घिमिरेलाई हेर्न दर्शको उल्लेखनिय उपस्थिति रहेको थियो । लोक गायक यज्ञ विक,हाँस्य कलाकार कुलबहादुर वली,गायक बिक्रम राना,मोडेल तथा डान्सर रुबिना अधिकारीको प्रस्तुति रहेको थियो ।


विशेष गरी बाल गायिका कमला घिमिरेको गायनले दर्शकलाई खुबै मनोरञ्जन दिएको थियो। पर्यटन प्रबद्र्धनमा समेत भूमिक खेल्ने विश्वासकासाथ आयोजना गरिएको महोत्सवमा बुधबारको दिन राम्रो दर्शक पाएको र दर्शकको साथलाई निरन्तरता दिनको लागि कार्यक्रमलाई अझ शशक्तरुपले अगाडि बढाउने बरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकीले बताउनुभयो ।


बाल प्रतिभा उजागर गर्न एमएम एकेडमीले गरायो स्थलगत भ्रमण
बाल प्रतिभा कमला घिमिरेको कला जस्तै अन्य बाल प्रतिभा उजागर गर्न सल्यानमा रहेको एमएम एकेडमीले विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाइ महोत्सवको स्थलगत भ्रमण गराएको छ ।दिन भरी किताब रटाएर मात्र विद्यार्थीले सबै कुराको ज्ञान लिन सक्छन भन्दापनि स्थलगत भ्रमण लेपनि नयाँ कुरा सिकाउने उद्देश्यले महोत्सवको अवलोकन गराएको एमएम एकेडेमीका संचालक महेश देवकोटाले बताउनु भयो ।


उहाँले बालबालिकाले कमला जस्ता बहिनीहरुको प्रतिभा देखेर आफु भित्र लुकेर रहेको प्रतिभा प्रती सकारात्मक हुन सक्छन भन्ने उद्देश्यले महोत्सवको अवलोकन गराएको बताउनु भयो । विद्यालयले बालबालिकाको लागी नयाँ तरिका बाट सोचेको यस कुराको अभिभावकले समेत खुलेर प्रशंसा गरेका छन् ।
महोत्सव अवलोकन गर्न आउने सबै दर्शकलाई एउटै थलोमा विविध कार्यक्रम आयोजकले राखेको छ । विद्यार्थीका लागि शैक्षिक प्रदशनी, किसानका लागि कृषि तथा पशु प्रर्दशनी लगायत ,राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहेका छन् ।


फागुन ८ गते लोक गायक राजु परियार,कमल गाउँले लगायतका कलाकार आउने
महोत्सवमा फागुन ८ गते लोक गायक राजु परियार,कमल गाउँले लगायतका कलाकारको प्रस्तुति रहने छ।माघ २९ गतेबाट कृषि, पशु, वन, उद्योग, ब्यापार, पर्यटन विकासको परिकल्पना, ब्यवसायीकरणद्धारा ‘आर्थिक उन्नती गरी समृद्ध समाजको स्थापना भन्ने’ मुल नाराकासाथ सन्चालित महोत्सवमा हरेक दिन अवलोकन गर्ने दर्शकले महोत्सव स्थल खचाखच भरिएको थियो ।
महोत्सवमा अगामी दिनमा रेखा थापा, प्रमोद खरेल लगायतका उत्कृष्ट कलाकारहरुको आगमन हुने आयोजकले जनाएको छ ।महोत्सवमा बाल उद्यान तथा रमाइलो मेला, हरेक दिन दोहोरीको घम्साघम्सी, स्थानीय जडीबुटीको कनिबेच, स्थानीय उत्पादित बस्तुको किनबेच, स्वदेशी तथा विदेशी उत्पादनको किनबेच, नेपाली, मगर, र चमेना गृह सञ्चालन,कर्णाली प्रदेशका १० वटै जिल्लाका पर्यटकीय स्थलका फोटोहरु पनि प्रर्दशन गरेको छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०७६, बुधबार २०:५३