अभिकर्ता तालिम सम्पन्न

युनियन लाईफ इन्स्योरेस्न कम्पनी क्षेत्रिय कार्यालय नेपालगञ्जको आयोजनामा १ दिने अभिकर्ता पुर्नताजगी तालिम सल्यानको बरलामा सम्पन्न भएको छ । समुदायमा जीबन बीमा सम्बन्धी सचेतिकतरण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
तालिममा छोटो समयमै श्रीनगर शाखाबाट एजेन्सी म्यानेजरको नियुक्ती पाउन सफल बनगाड कुपिण्डे ९ का चक्र बहादुर डाँगी र कालीमाटी गाउपालिकाका पल बहादुर खत्रीलाई प्रदेश प्रमुख नारायण पंगेनीले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । यस्तै एक महिनाको अवधिमा २० लाख बिमा शुल्क संकलन गर्ने प्रशंसा कवर र शेर बहादुर रोकायलाई समेत सम्मान गरिएको थियो ।
तालिममा सल्यान, दाङ्ग, बर्दियाका गरी ५० जनाको सहभागिता रहेको थियो । तालिममा बीमाको वढदै गइरहेको माग र युनियन लाईफ इन्स्योरेन्सले छोटो अवधिमा हासिल गरेको उपव्धी लगायतका विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा सहभागीहरुले सल्यानमा युनियन लाइफको बजार बिस्तार भइरहेको र यसले ल्याएको बिमा पोलिसीहरु सवैले विमा गर्न सक्ने खालको भएकोले आकषर्ण वढिरहेको बताएका थिए । कार्यक्रमको सहजीकरण प्रदेश प्रमुख नारायण पंगेनीले गर्नुभएको थियो भने सहजीकरण श्रीनगर शाखा प्रमुख रमेश कुमार वलीले गर्नु भएको थियो ।

प्रकाशित मिति: ९ फाल्गुन २०७६, शुक्रबार २०:३८