कभर खबर

  • १३ फाल्गुन २०७६, मंगलवार १४:१५

कर्णाली नदीमा जिप खस्यो, चालक वेपत्ता

कालिकोट – कालिकोटको जितेगडा नजिकै जीप दुर्घटना भएको छ । नरहरि गाउँपालिका–१, जितेगडाबाट रास्कोटतर्फ आउँदै गरेको जीप कर्णाली नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।

यात्रु ओरालेर ब्याक गर्ने क्रममा जितेगडा बजारको नजिक  मंगलबार लु १ ज ४१४१ नम्बरको बोलेरो जीप कर्णाली नदीमा खसेको हो । प्रहरीका अनुसार जीप चालक दैलेख गुराँस गाउँपालिका–४, का १९ वर्षिय चक्रबहादुर खड्का बेपत्ता भएका छन् ।

चालकको खोजी र नदीबाट जीप बाहिर ल्याउन स्थानीय र प्रहरी खटिरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी लोकनाथ तिमिल्सेनाले जानकारी दिए ।

प्रकाशित मिति: १३ फाल्गुन २०७६, मंगलवार १४:१५