कभर खबर

  • १३ फाल्गुन २०७६, मंगलवार १४:३८

नदीमा जीप खस्दा वेपत्ता चालकको मृत्यु

मंगलबार विहान कर्णाली नदीमा जीप खस्दा वेपत्ता भएका चालक मृत फेला परेका छन् । कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिकाका वडा नं १ जिते बजारस्थित कर्णाली नदीमा जीप खसेको थियो ।

दुर्घटनामा जीपका चालक दैलेखको गुराँस गाउँपालिका वडा नं ४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।

रासकोटबाट जितेगडा यात्रु र्पुयाएर फर्किने क्रममा लु१ज ४१४१ नम्बरको जीप कर्णाली नदीमा खसेको हो । यात्रु झारेर ब्याक गर्दा दुर्घटना भएको जीपमा चालक मात्र रहेको डीएसपी ओलियाले बताए । नदीमा खसेको जीप निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०७६, मंगलवार १४:३८