Purushottam Giri

  • १३ फाल्गुन २०७६, मंगलवार १४:५७

रूकुम चाैरजहारीमा एक महिला मृत फेला

रुकुम पश्चिम् – रुकुम पश्चिमको चौरजहारी नगरपालिका ९ स्याला खोलाको जंगलमा एक महिला मृत अवस्थामा फेला परेकि छन् ।

जिल्लाको सानीभेरी गाउँपालिका १ पक्रैया की २९ वर्षिया शुशिला बिष्ट मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

गएकाे अाईतबार चौरजहारी नगरपालिका ६ घर्तिकाँडामा रहेको माइतिघरबाट आफ्नो घर फर्कदै गर्दा बिष्ट बेपत्ता हुनुभएकाे थियाे । उहाँ साेमबार बेलुकी स्याला जंगलमा मृत फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीेले बताउनुभयो ।

सडकदेखि १ किलोमिटर तल खोल्सामा उहाँको शव फेला परेको र शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोट पठाईएको डिएसपि केसीले बताउनुभयाे । घटनाको अनुसन्धान भइरहेको र मृत्युको कारण खुलि नसकेको प्रहरीले भनाई छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०७६, मंगलवार १४:५७