कभर खबर

  • १४ फाल्गुन २०७६, बुधबार १०:२२

क्रान्तिकारी विद्यार्थी संगठनको हड्ताल, पठनपाठन प्रभावित

सल्यान – सल्यान लगाएत देशका विभिन्न क्षेत्रमा पठनपाठन प्रभावित भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले आह्वान गरेको बन्दका कारण शैक्षिक संस्थामा अध्ययन–अध्यापन प्रभावित भएको हो ।

विप्लव नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूयियन (क्रान्तिकारी) ले आफ्ना केन्द्रीय अध्यक्ष चिरन्जीवि ढकाललाई पक्राउ गरेको विरोधमा शैक्षिक हड्ताल आह्वान गरेको जनाएको छ ।

२५ औँ ‘जनयुद्ध’ दिवसको अवसरमा काठमाडौँमा भएको कार्यक्रमबाट आफ्ना अध्यक्ष ढकाललाई गैरन्यायीक रुपमा केपी ओली सरकारले पक्राउ गरेको आरोप अखिल क्रान्तिकारीले उल्लेख गरेको छ ।

त्यसको विरोधमा विभिन्न विरोधका कार्यक्रम गरिरहेको अखिल क्रान्तिकारीले बुधबार शैक्षिक हड्ताल गरेको हो । हड्तालका कारण अधिकांश विद्यालयको पढाई प्रभावित भएको छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०७६, बुधबार १०:२२