
प्रचण्ड खत्री
रुकुम पश्चिम- रुकुमबाट विभिन्न पेशा व्यवसाय र अध्ययनका सिलसिलामा जापानमा रहेका रुकुमेलीहरुको साझा संस्था रुकुमेली समाज जापानको दोस्रो अधिवेशन सम्पन्न भएको छ । टोकियोमा आइतबार भएको अधिबेशनवाट प्रिन्स पुन मगरको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।
अधिवेशनले समाजको बरिष्ठ उपाध्यक्षमा लोकेन्द्र बाठा मगर, उपाध्यक्ष दीपेन्द्र केसी,महासचिव रामकृष्ण केसी, सचिव लिला राना मगर, कोषाध्यक्ष समि रामजाली मगर, सहकोषाध्यक्ष हरिस वली लाई गरिएको हो । त्यस्तै सदस्यहरुमा टेक बहादुर घर्ती मगर, नबराज पुन मगर, मोहन केसी, धिरेन्द्र राना, दलजीत खड्का, सागर बाठा मगर, उमा अधिकारी, असमिना बोहरा, धनबहादुर मगर, गोपाल बोहरा, लक्ष्मण दाहाल चयन हुनुभयको हो ।
अधिवेशन समाजका सागर पुन मगरको अध्यक्षतामा तथा राप्ती समाज जापानका अध्यक्ष युवराज रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानका सचिब शान्त पहरी, नेपाल तामाङ समाज जापानका कोषाध्यक्ष गिर बहादुर तामाङ लगाएतको उपस्थिती थियो ।
कार्यक्रमको संचालन समाजका महासचिव लोकेन्द्र बाठा मगरले गर्नुभएको थियो । समाजले जापानमा रहेको नेपालीहरुको पक्षमा विभिन्न विषयमा ओकालत गर्ने अध्यक्ष पुन मगरले बताउनु भयो ।
प्रकाशित मिति: १९ फाल्गुन २०७६, सोमबार ११:२६