कभर खबर

  • २० फाल्गुन २०७६, मंगलवार १८:२९

स्वास्थ्यको अधिकारका विषयमा सरोकारवालाहरुबिच अन्तरसम्वाद

स्वास्थ्यको अधिकारका विषयमा सरोकारवालाहरु संगको अन्तर सम्वाद कार्यक्रम सल्यानमा सम्पन्न भएको छ ।इन्सकेद्दारा संचालित इपिएल परियोजना अन्तरगत स्वास्थ्यको अधिकार सम्बन्धी अन्तरसंवाद कार्यक्रम अन्तरगत जिल्लाको शारदा नगरपालिका–२ खलंगामा सम्पन्न कार्यक्रममा स्वास्थ्यका विभिन्न विषयका बारेमा छलफल भएको हाे। कार्यक्रममा प्रमुख अतिथकाे अासनबाट बाेल्दै शारदा नगरपालिकाका उपप्रमुख सावित्रा बस्नेतले लक्षितवर्गहरु अझै पनि सेवाबाट वन्चित भएको बताउनुभयो ।उहाँले पहुँचवालाहरुले मात्रै सबै प्रकारका सेवाहरुको प्रयोग गरि रहेको बताउँदै यस्ता घटनाहरुलाइ न्युनिकरण गर्न सबै लाग्नु पर्ने बताउनुभयो ।

यस्तै सल्यान अस्पताल विकास समितका अध्यक्ष दामोदर शर्माले जिल्ला अस्पताल सल्यानमा कर्मचारी अभावका कारण सेवा प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले स्थानीय तह मातहत संचालन हुँदासम्म अस्पतालको सेवा प्रभावकारी रुपले संचालन भएको तर हाल प्रदेश सरकार मातहत संचालनमा रहेको यस अस्पतालमा प्रदेशले कुनै सहयोग नगरेको बताउनुभयो । कर्मचारी अभावले गुणस्तरीय सेवा प्रदान गर्न नसकेको कुरा आफुले पटक पटक प्रदेश सरकारलाइ गराउँदै आएपनि प्रदेश सरकारले निति नियम बनाउँदै छौं भन्दै टार्दै आएको उहाँदले गुनासाे गर्नुभयाे ।
जिल्ला अस्पताल सल्यानका कर्मचारी रिखाराम पुनले सरकारी अस्पतालमा ७० प्रकारको औषधी निशुल्क रुपमा प्रदान गर्नु पर्ने प्रावधान रहेपनि कतिपय समयमा सबै प्रकारका औषधी सबै स्वास्थ्य संस्थामा उपलब्ध गराउन नसकेको बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयले मात्रै सबै प्रकारका औषधी खरिद गर्ने अधिकार नभएको बताउँदै उहाँले संघ र प्रदेशबाट औषधी खरिद गर्ने रकम समयमा निकासा नहुँदा समेत समयमै औषधी खदि गर्न नसकेको बताउनुभयो ।
गैसस महासंघ सल्यानका अध्यक्ष दिपेन्द्र शाहीले संविधानको धारा ३५ मा स्वास्थ्यको हक अन्तरगत आकस्मिक सेवाबाट वन्चित गरिने छैन भनेर उल्लेख भएकोमात्र नभइ सम्पुर्ण स्वास्थ्य सेवा बाट वन्चित गरिने छैन भनेर संविधानमै उल्लेख गर्नुपर्ने बताउनुभयो । ‘आकसम्किले गर्दा अति गम्भीर अवस्थाका बिरामीलाइ मात्रै जनाउछ उहाँले भन्नुभयो, त्यसैले आकस्मिक बाहेकका सबै स्वास्थय सेवा संचालन गर्नुपर्छ ।’


कार्यक्रममा नेपाल बार एशोसिएशनका पुर्व अध्यक्ष गिर्दल बोहराले संविधनमा उल्लेख भएको स्वास्थ्यको अधिकार सम्बन्धी व्यवस्था र नितिको बारेमा अवधारणपत्र प्रस्तुत गर्नू भयो । कार्यक्रममा प्रस्तुत भएको कार्यपत्रमा गैसस महासंघ सल्यानका अध्यक्ष दिपेन्द्र कुमार शाहीले टिप्पणी गर्नुभयो ।
परियोजनाका सहजकर्ता रामचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले सहजीकरण गर्नुभयो। कार्यक्रममा मानवअधिकारकर्मी, स्वास्थ्यकर्मी,पत्रकार,सारेकारवाला लगायतको सहभागिता रहेको थियो ।
मिना बुढाथोकी

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलवार १८:२९