कभर खबर

  • २१ फाल्गुन २०७६, बुधबार २०:१७

सल्यानमा १४ वर्षिया वालिका बलात्कार गर्ने बालक गिरफ्तार

सल्यान । १४ वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा सल्यानमा प्रहरीले १६ वर्षीय बालकलाइ गिरफ्तार गरेको छ । जिल्लाको शारदा नगरपालिका निवासी बालिकालाइ सोही ठाउँ बस्ने बालकले बलात्कार गरेको आरोपमा मंगलवार राती गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयाे ।
कक्षा १० मा अध्यनरत ति बालिकालाइ गत माघ १२ गते बिहान एसइइ को ट्युसन पढ्न जादै गर्दा आरोपित बालकले बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ ।
घटनापछि घटना बारे कसैलाइ जानकारी दिएमा ज्यान मार्ने धम्की समेत दिएको पिडितको जाहेरिमा उल्लेख रहेको इन्सपेक्टर वलीले बताउनुभयाे ।घटना भएको लामो समयपछि पिडित बालिकाले आफ्नो अभिभावकलाइ घटना बारे बताएपछि पीडित परिवारले प्रहरीलाई खबर गरि जाहेरी दिएको बताएको छ ।
पिडित बालिकाका आफन्तले जाहेरी दिए लगतै जिल्ला पहरी कार्यालय सल्यानले आरोपित बालकलाई उनको घर नजिकबाट गिरप्mतार गरि अनुसन्धान भईरहेको इन्सपेक्टर वलीले बताउनुभयाे ।आरोपितलाई पक्राउ गरी बुधबार जिल्ला अदालत सल्यान बाट ५ दिनको म्याद थप गरि जिल्ला प्रहरी कार्यालयको निगरानी कक्षमा राखी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०७६, बुधबार २०:१७