कभर खबर

  • २२ फाल्गुन २०७६, बिहीबार १५:४६

शारदा नगरपालिकालाइ शिक्षा र स्वास्थ्यको अधिकार सम्बन्धी ध्यानाकर्षणपत्र

सल्यान ।जिल्लाको शारदा नगरपालिकालाइ शिक्षा र स्वास्थ्यको अधिकार सम्बन्धी ध्यानाकर्षणपत्र बुझाइएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द इन्सेकले शारदा नगरपालिकामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम इपीएल परियोजना अन्तरगत निगरानी समुहले नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको हो ।

निगरानी समुहका संयोजक मुना हमालद्दारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा नगरमा हाल सम्म स्वास्थ्य निति नभएकाले स्वास्थ्य निति निर्माण गरी कार्यान्वयनमा ल्याउनु पर्ने,नेपाल सरकारले निःशुल्क शिक्षा घोषणा गरेको विद्यालय शिक्षाका लागि सामुदायिक विद्यालयले विद्यार्थीको नाममा कुनै किसिमको शुल्क लिन पाउने छैन भन्न्ने ब्यवस्था भए पनि विद्यालयहरुमा मनपरी रुपमा शुल्क लिइरहेको अवस्था देखिएकोले उनिहरुको शिक्षाको अधिकार प्राप्तीकालागी पहल गरीनु पर्ने लगायतका विषय समावेश गरिएको छ ।

यस्तै वर्षको १ पटक विद्यालयमा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट बालबालिकाको स्वास्थ्य परीक्षण गरीनु पर्ने ब्यवस्था भए पनि नगरभित्रका कुनैपनि विद्यालयमा स्वास्थ्य परिक्षण नगरेको पाईएकाले सोको कार्यान्वयनको ब्यवस्था गरीनु पर्ने,सवै विद्यालयहरुमा सेनेटरी प्याडको ब्यवस्था गरीनु पर्ने,सल्यान कारागारमा रहेका कैदि बन्दीहरुको लागी कारागार भित्रै स्वास्थ्य परिक्षणकालागी आवस्यक पहल गरीनु पर्ने विषयहरु समावेश रहेको संयोजक हमालले जानकारी दिनुभयो ।

परियोजना अन्र्तरगत स्थानीय सरकारले प्रदान गरिरहेको शिक्षा,स्वास्थ्य,खाद्य अधिकार सम्बन्धीका सेवाहरू र ती सेवा प्राप्तिमा जनताको पहुँच बृद्धी गर्न आयोजना गरीएका विभिन्न कार्यक्रमहरुमा सरोकारवालाहरुले दिएको सुझाव,सल्लाह,नगरपालिकाले गरेको प्रतिवद्धता तथा मानव अधिकार समुहको स्थलगत अनुगमनका क्रममा देखिएका तपशिलका कुराहरुलाई सुधारकालागी पहल गर्न मानव अधिकार समुहको तर्फबाट यो ध्यानाकर्षण पत्र पेश गर्दछौ,ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण पत्र बुभ्mदै जवाफमा नगर प्रमुख शुरेस अधिकारीले नगरभित्र रहेका समस्याका विषयमा आप्mनो गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ।उहाँले ध्यानाकर्षण पत्रमा भएका समस्या सम्बन्धी छिट्टै जानकारी लिएर सम्बोधन गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकी,इपीएल परियोजना सहजकर्ता रामचन्द्र रेग्मी,निगरानी समुहका सदस्य लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २२ फाल्गुन २०७६, बिहीबार १५:४६