
प्रकाश शर्मा,दार्मा । दार्मा गाउँपालिकामा एकैदिन नेकपाका ६ वडा कार्यालय उ्द्घाघाटन भएको छ । नेकपा दार्मा गाउँकमिटिले एकैदिन ६ वटा वडाहरुमा वडा संपर्क कार्यालय उद्घाटन गरेको छ ।
नेकपा दार्मा गाउँ कमिटिको गत माघ २८गते बसेको बैठकको निर्णय अनुसार सबै वडाहरुमा संपर्क कार्यालय खोलिएको हो ।
जस अनुसार वडा नम्बर १ को मैदान, वडा नम्बर २ को मौलेइखाली,वडा नम्बर ३ को फारुला, वडा नम्बर ४को रातामाटा, वडा नम्बर ५को ढाकाडम कोट र वडा नम्बर ६ को गोठिबनमा कार्यालय खोलियको हो ।
यसै समयमा विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रबेस को लहर बडेको छ । आजमात्रै विभिन्न पार्टी परित्याग गरि १८ जनाले नेकपामा प्रवेश गरेका छन् ।
जस अनुसार नेपाली काँग्रेसबाट,राम बहादुर चन्द हिरासिंङ कटुवाल, टंक बहादुर रोकाय,मेग बहादुर वलि,निर्मला वलि,गोरख बहादुर वलि, रमेश सुनार,मंगलि वलि रहेका छन् । यस्तै पुर्न बहादुर केसि, सन्देश केसि,प्रकाश सुनार ,गन्धरे कामि, अनिल केसि,लक्ष्मन शाहि, मान बहादुर बस्नेत,टिकाराम बस्नेत रहेका छन् । यस्तै विप्लव नेकपा परित्याग गरि डिल्ली खड्कालेपनि नेकपामा प्रवेश गरेका छन् ।
प्रकाशित मिति: २२ फाल्गुन २०७६, बिहीबार १६:०१