कभर खबर

  • २८ फाल्गुन २०७६, बुधबार २२:२२

सल्यानमा कोरोना भाइरस विरुद्धको सचेतना कार्यक्रमलाई तिब्रता

सल्यान ।
विश्वभर सन्त्रासको रूपमा फैलिरहेको कोरोना भाइरस विरुद्धको सचेतना कार्यक्रम सल्यानको श्रीनगरमा सम्पन्न भएको छ। सल्यान जेसिजको आयोजना र शारदा नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा कोरोना भाइरसबाट बच्न र सो भाइरस सम्बन्धि उब्जिएका प्रश्न बारेमा बर्णन गरेको पर्चा बितरण गरेको थियो।


शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले कोरोना भाइरसले बिश्वभरी त्रास फैलाइ रहेको अबस्थामा नेपाल पनि जोखिममा पर्ने सक्ने भएकोले आ आफ्नो ठाउँबाट सजकता अपनाउनु पर्नेमा जोड दिनु भएको थियो । उहाँले शारदा नगरपालिकाले पनि कोरोना विरुद्ध सबै खालका सचेतनामुलक कार्यक्रमलाई तिब्र गतिमा अगाडि बढाइने जानकारी दिनु भयो ।
उहाँले भन्नुभयो,कोरोना भाइरस बारे नगरका सबै विद्यालयमा सचेतना मुलक पर्चा पम्पलेट पठाउने छौं,विद्यार्थीहरुले अभिभावकलाइ यसबारे सचेत गर्ने छन् ।


कार्यक्रममा राप्ती राजमार्गमा गुड्ने सानाठुला सवारीसाधनका यात्रुलाइ पर्चा र पम्पलेट पनि बितरण गर्नु का साथै विभिन्न विद्यालयका प्रतिनिधि लाई सचेतना सम्बन्धि पर्चा बितरण गरेको थियो । भाइरसको सङक्रमणबाट बच्ने उपायहरु बताउदै घरमा आफनो परिवार छरछिमेकीलाई समेत सिकेका कुराहरु जानकारी दिन र सामाजिक सन्जालको पछि परेर सबै त्यसैको भरमा नलाग्न अनुरोध पनि अनुरोध गरेको थियो।
कार्यक्रममा जेसिज सल्यानका बर्ष २०२० का अध्यक्ष घनश्याम अधिकारीले कोरोना शक्तिशाली भाइरस भए पनि यसको संक्रमणको तुलनामा डर, त्रासको सुचना समाचारहरु बढी प्रचारित भएको हो कि भन्दै संक्रमण र रोगसँग लड्ने इच्छाशक्ति हुनु जरुरी रहेको उहाँको भनाई थियो। सबै रोग डाक्टर र औषधिबाट मात्रै सञ्चो हँुदैन, मनोबल दह्रो बनाउन सके संक्रमण होस वा रोगसँग लड्न सकिने बताउनु भयो ।यता बित्तिय कारोबार गर्ने देबि स्टोरले पनि करिब १५० जनालाई कोरोना सम्बन्धि सचेतना सहितको पर्चा बितरण गरेको छ।


यस्तै जिल्लाको प्रमुख केन्द्र श्रीनगर बजारका विभिन्न स्थानमा धारा जडित पानीको ड्रम राखिएको छ । हातमुख धुनको लागी पानी र साबुनको पनि ब्यबस्था गरिएको बजार ब्यबस्थापन समितिका अध्यक्ष हपिस भण्डारी जानकारी दिनुभयो ।
कोरोना ढिलो चाँडो नेपालमा पनि आउन सक्ने भएकाले यसको पूर्व तयारका लागि यस्ता विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिएको उहाँले बताउनुभयो ।
श्रीनगरमा साबुन पानीको ब्यबस्थापन लाई निरन्तरता दिईने र कोरोनाको बारेमा सबै मानिसहरूले जानकार हुन आवश्यक रहेको बताउँदै नेपाल सरकारले कोरोना भाइरस नेपाल भित्रिन नदिन आवश्यक सम्पूर्ण व्यवस्थापन गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।
गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान सहरबाट फैलिएको यस भाइरसको सक्रमण हाल ७० भन्दा बढी देशमा फैलिएको छ । यस भाइरसका कारण विश्वभरि कम्तीमा ९० हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७६, बुधबार २२:२२