
करेश्मा गिरी, सल्यान । सल्यानमा पछिल्लो समय मुला खेतिप्रती किसानहरुको आकर्षण बढ्दै गएको छ । पहाडी जिल्लामा अवस्थित सल्यानका बेशी फाँटहरुमा बीउ उत्पादनको लागि किसानहरुको मुला खेतितर्फ आकर्षण बढ्दै गएको हो ।अहिले शारदा नदिका फाँटहरुमा गहुँ खेतिभन्दा मुला खेतितर्फ किसानहरु आकर्षित भएका छन् । गहुँ रोप्ने कार्तिक, मंसिरको समयमा मुला रोपिन्छ भने बैशाख, जेठ तिर उत्पादित गेडा भित्र्याइन्छ ।
शारदा नदिको स्यालपानी, बरला, भट्टाचौर, ढोरचौर, चाख्लिघाट, पटारे, मोख्ला, बागचौर, पेदिखोलासम्मका बेशी फाँटहरुमा धेरै मात्रामा मुला खेति हुने गरेको छ । यो बाहेक जिल्लाका अन्य ठाउँहरुमा पनि बीउ उत्पादनको लागि मुला खेति हुने गर्दछ ।शारदा नगरपलिका १५ स्यालपानीकी गीता नेपाली भन्छिन, ‘ठेकेदारले रोप्नको लागि आवश्यकता अनुसारको बीउ दिन्छन् र हामी त्यसलाई रोपेर धेरै उत्पादन गर्छाै । अनि त्यही ठेकेदारलाई बिक्री गर्छाैं ।’ उत्पादन गरको बजारको पनि त्यती धेरै समस्या नभएको उनको भनाई छ ।
मात्र गत बर्ष आफुले ३० हजारको मुलाको गेडा बेचेको र यो वर्ष गतबर्षको तुलनामा बढी खेतमा मुला लगाएको उनले बताइन् । उनका अनुसार गहुँभन्दा मुला खेतिमा फाइदा हुने गरेको छ ।त्यस्तै सोही ठाँउ निवसी हिरा नेपालीले पनि गहुँ रोप्न छोडेर खेतमा मुला रोपेकी छन् । घरमा खाद्येन्न आवश्यक पर्ने जमिनमा गहुँ रोप्ने र व्यवसायमा भने मुला खेती गरेको उनको भनाइ छ । उनले भनिन्, ‘कृषि पेशा परिवारको आम्दानीको स्रोत हो ।
कृर्षि पेशामा गहुँ भन्दा मुुला व्यवसाय र सहज खेति हो ।’सल्यानबाट वार्षिक करोडौं मुल्यको मुलाको बीउ निकासी हुने गरेको छ । एक केजी मुलाको बीउको मुल्य दुई सयमा बिक्री हुने गरेको छ । तर पेदिखोलाका किसानहरुले भने उचित मुल्य नपाएको भन्दै मुला खेति छोड्ने गरेका छन् ।
प्रकाशित मिति: २९ फाल्गुन २०७६, बिहीबार १७:४९