कभर खबर

  • ३० फाल्गुन २०७६, शुक्रबार २१:५३

स्वास्थ्य चौकी देवस्थलमा दादुरा रुवेला खोप सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्द्र बुढाथोकी
सल्यान – बनगाड कुपिण्डे नगरपालिका अन्तर्गत देवस्थल स्वास्थ्य चौकीले स्वास्थ्य चौकी सन्चालक, सरोकारवाला र सन्चारक्रमी बिच अन्तरक्रिया कार्यक्रम गरेको छ ।

दादुरा रुवेला खोप सम्बन्धि गाउँगाउँमा दादुरा रुवेला खोप जनता तथा सम्बन्धि पक्ष बिछ कसरी प्रभावकारी बनाउन सकिन्छ प्रभावकारी बनाउन केके आवश्यक पर्छ भने विषय छलफल गरिएको छ ।

साथै दादुरा, रुबेला खोपको उद्देश्य, लक्ष्यण, चिन्ह र यसका जटिलता सम्बन्धि देवस्थल स्वास्थ्य चौकी इन्चार्ज भुमा बुढाथोकीले प्रकाश पार्नु भएको थियो । साथै बालबालिकाको सुरक्षा गरि बालबालिकालाई स्वस्थ बनाउन देवस्थल स्वास्थ्य चौकिले चैत्र ८ गते देखि १३ गतेसम्म ९ महिना देखि ५ बर्ष मुनिका सबै बालबालिकालाई दादुरा रुबेला खोप अभियान सन्चालन गरिने समेत जानकारी गराएको छ ।

यो अभियानमा आफ्नो तथा टोल छिमेकको बालबालिकालाई खोप लगाउन सहयोग गरौं नेपाल बाट दादुरा ,रुबेला रोग पुर्ण रुपमा निवारण गरौं भन्दै कार्यक्रम सुरु गरेको छ ।

कार्यक्रम स्वास्थ्य चौकी समिति उपाध्यक्ष चन्द्रकला सुनार अध्यक्षताम भएको कार्यक्रम सहजीकरण स्वास्थ्य चौकी प्रमुख भुमा बुढाथोकीले गर्नु भएको थियो भने जनप्रतिनिधि शिक्षक सरोकारवाला उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: ३० फाल्गुन २०७६, शुक्रबार २१:५३