
प्रचण्ड खत्री
रुकुम पश्चिम- रुकुम पश्चिममा यहि आउंदो दोमबार देखी दादुरा र रुबेला खोप लगाउन सुरु गरिने भएको छ । त्रिबेनि गाउँपालिका, बाफिकोट गाउँपालिका, सानिभेरी गाउँपालिकामा ३ गतेदेखी खोपको सुरुवात गरिने भएको छ भने चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका र मुसिकोट नगरपालिकामा ५ गतेबाट खोप सुरु गरिने सम्बन्धित स्थानिय तहहरुले जानकारी दिएका छ्न ।
रुकुम पश्चिममा २७५ खोप केन्द्र तोकिएका छ्न भने १४ हजार ६५३ जना बालबालिकालाई खोपमा सहभागी गराईदै छ । ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकालाई सहभागी गराउन स्वयम् सेबक परिचालन गरिएको जिल्ला खोप समन्वय समिता अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताउनुभयो ।
बाँफिकोट गाउँपालिकाले यहि चैत्र ३ गते देखि चैत्र ७ गते सम्म दादुरा, रुवेला खोप अभियान संचालन गर्ने भएको छ । बाफिकोट स्वास्थ्य चौकी अन्तर्गत बाँफिकोट गाउँपालिका वडा नं. ३,४ र ५ मा दादुरा, रुवेला खोप लगाउने तयारी गरिएको स्वास्थ्य चौकी प्रमुख लाल बहादुर ओलीले जानकारी दिए ।
बाँफिकोट गाउँपालिका वडा नं. ३ को कोलचौर चैत्र ३ गते, आधारभुत स्वास्थ्य केन्द्र दहमा चैत्र ७ गते, वडा नं.४ को सिम्तारु बिद्यालयमा चैत्र ४ गते, छिनखेत स्वास्थ्य शाखामा ५ गते र स्वास्थ्य चौकी बाँफिकोटमा चैत्र ७ गते दादुरा, रुवेला खोप लगाउन सर्बसाधारण नागरिकलाई जानकारी गराईसकेको स्वास्थ्य चौकी प्रमुख लाल बहादुर ओलीले बताए । त्यस्तै बाँफिकोट गाउँपालिका वडा नं.५ को स्यापू बिद्यालयमा चैत्र ४ गते, बडगाँउ बिद्यालयमा चैत्र ५ गते र वडा नं.५ कै लिखाबाङ चैत्र ६ गते खोप लगाउने निर्णय गरिएको आलीको भनाई छ ।
स्वास्थ्य चौकी प्रमुख ओलीका अनुसार खोप लगाउन छुटेका ९ महिना देखी ५ बर्ष मुनिका बालबालिकालाई आफ्नो पाएक पर्ने केन्द्रमा खोप लगाउन सुचना दिईसकेको बताएका छन् ।
मग्मा स्वास्थ चौकिले तीन गत्ते देखि आठ गत्ते सम्म दादुरा रुबेला खोप अभियान संचालन गर्ने निर्णय गरेको छ । ३ गत्ते सतस्वती आधारभुत बिद्यालय नदुवा र बास्थला आधारभुत बिध्यालय बास्थला , ४ गत्ते लक्ष्मि आधारभूत विद्यालय जिप्सीङ र सिस्ने आधारभुत गोडेकाडा , ५ गत्ते अनु आधारभुत विद्यालय स्याला र खलटाकुरा आधारभुत विद्यालय , ६ गत्ते नेपाल राष्ट्रिय मा बि दुलि पोखरा , ७ गत्ते शान्ती आधारभुत विद्यालय मेलडाडा र आधारभुत विद्यालय बलहान्ना र ८ गत्ते मग्मा स्वास्थ चौकी बाट खोप लगाईने मग्मा स्वास्थ चौकिले बताएको छ ।
प्रकाशित मिति: १ चैत्र २०७६, शनिबार ०८:२९