पूर्णस्तनपान गराउने आमा सम्मानित

सल्यान ।
जिल्लाको शारदा नगरपालिका वडा नं. ११, स्यालामा पूर्ण स्तनपान गराउने १००० दिने आमालाई आज एक कार्यक्रमका साथ सम्मान गरिएको छ । फुलबारी महिला स्वास्थ्य आमा समूहको सक्रियतामा सम्मान गरिएको महिला स्वास्थ्य स्वयंसेबिका थुमा कवरले बताउनु भयो ।

शारदा नगरपालिकाका प्रमूख सुरेश आधिकारीद्धारा सम्मान गरिएको उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले कुनै पनि बालबालिका पोषिलो हुनका लागी आमाको स्तनपान एक मात्र सर्बसुलभ र सर्बप्रिय भएता पनि हाल नेपालमा पूर्ण स्तनपान गराउनेको प्रतिशत जम्मा ६६ रहेको र शारदा नगरपालिकामा ५७ प्रतिशत मात्र रहेको बताउदै आगामी दिनमा पूर्ण स्तनपान गराउनेको प्रतिशत बढाउनका लागी नगरपालिकाले पूर्ण स्तनपानलाई नीतिमा समाबेश गराई अगाडी जाने वताउनु भयो ।

कार्यक्रममा बोल्र्दै दलित बिकास समाज, सल्यान सुआहारा कार्यक्रमका फिल्ड संयोजक तोरण बहादुर बुढाथोकीले अभैm पनि समाजमा परम्परागत चलन अनुसार वालवालिकाहरुलाई ६ महिना नपुग्दै आमाको दुध बाहेक अन्य खानेकुरा खुवाउने चलन रहेको बताउनुभयो ।
उहाँले यसलाई कम गर्नको लागी कार्यक्रमले बिभिन्न माध्ययम (घरभेट, आमा समूह बैठक, गाउघर क्लिनिक, खोप क्लिनिक, भन्छिन आमा रेडियो कार्यक्रम आदी) बाट बच्चाको आमा तथा घरपरिवारका सदस्यहरुलाई परामर्श गरिरहेको समेत जानकारी दिनुभयो ।

उहाँले स्वस्थ व्यबहार परिवर्तनमा व्यक्ति स्वयं अग्रसर नभएसम्म केही गरी पनि सम्भब नहुने कुरा बताउनु भयो ।शारदा नगरपालिका वडा नं. ११, स्याला निबासि चन्द्र बहादुर कवर र पुष्पा कवरको छोरा देवराज कवर सम्मानित भएको उक्त कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष रामसिं बुढाथोकी, स्वास्थ्य चौकी हिवल्चाका अहेव नन्दलाल केसी लगाएतले बोल्नु थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले १००० दिने आमा र बाल बालिकाहरुको पोषण सुधारमा सुआहारा कार्यक्रमले गरेको योगदानको प्रशंसा गर्नु भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य, सुआहाराका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेबिका, आमा समूहका सदस्यहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन महिला स्वास्थ्य स्वयंसेबिका थुमा कवरले गर्नु भएको थियो ।

प्रकाशित मिति: २ चैत्र २०७६, आईतवार १९:०४