डाँगीको हत्या आरोपमा तीन जना पक्राउ

दाङ-  तुलसीपुर उपमहानगरपालिका–५ का २३ वर्षीय हिरा डाँगीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी अनुप बस्नेत, सोही ठाउँका २२ वर्षीय सुशील बस्नेत र २५ वर्षीय अमिक खड्का रहेका छन् । सोमबार राती प्रहरीको टोलीले तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरागाउँमा लुकीछिपी बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रनाउ योगीले बताउनुभयो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते डाँगीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि सोमबार कोहलपुरस्थित शिक्षण अस्पतालमा लगिएको थियो । त्यहाँ पनि उहाँको उपचार सम्भव नभएपछि काठमाडौँ लैजाने क्रममा उहाँको बाटोमै मृत्य भएको थियो । डाँगीमाथि आइतबार राति टरिगाउँ विमानस्थल नजिक खुकुरी प्रहार भएको थियो ।

प्रकाशित मिति: ४ चैत्र २०७६, मंगलवार १६:४०