उच्च रक्तश्रावका कारण सुत्केरी आमाको ज्यान गयो

प्रचण्ड खत्री
रुकुम पश्चिम – रुकुम पश्चिममा उच्च रक्त्त श्रापका कारण सुत्केरी आमाको मृत्यु भएको छ । जिल्लाको आठविसकोट नगरपालिकामा अत्याधिक रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु भएको हो ।

आठविसकोट नगरपालिका वडा नम्बर ६ दामाचौरकी २७ वर्षीया विष्णु विकको उच्च रक्तश्रावका कारण मृत्यु भएको पारिबारिक श्रोतले जनाएको छ। जाजरकोटको नलगाड नगरपालिका १२ भगवती स्वास्थ्यचौकी अवलगुर्तामा सुत्केरी भएकी महिलाको उच्च रक्तश्रावका कारण मृत्यु भएको बताइएको छ ।

मंगलबार राती १० बजे स्वास्थ्यचौकीमा भर्ना भएकी विष्णुले बुधबार बिहान पौने पाँच बजे छोरी जन्माएका थिइन । सुत्केरी भएको चार घण्टा पछी बिहान ९ बजे मृत्यु भएको स्वास्थ्यचौकीका इन्चार्ज डिल्ली खड्काको भनाई उद्धृत गर्दै विष्णुका श्रीमान रतन विकले बताए । उनको कोखबाट जन्मीएकी शिशुको अवस्था भने सामान्य रहेको बताइएको छ ।।

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहीबार ०९:०६