रुकुमको एक होटेलले क्वारेन्टाइन बनाउन सहयोग गर्ने

प्रचण्ड खत्री
रुकुम पश्चिम्
रुकुम पश्चिमका होटल व्यवसायी धनबहादुर खड्का (बसन्त) ले आफ्नो होटललाई कोरोना क्वारेनटाइन बेडको रुपमा उपलब्ध गराउन चाहेको बताउनुभएको छ । । रुकुम पश्चिको त्रिवेणी चोकमा रहेको होटेल शिशिर वसन्त भ्युलाई सरकारले क्वारेन्टाइन बनाउन चाहेमा आफुले सहयोग गर्न चाहेको होटेल सञ्चालक धनबहादुर खड्काले सूचना मार्फत जानकारी गराउनुभएको छ ।
विश्व नै कोरना भाइरसका कारण आक्रान्त भएको यस अवस्थामा मानविय सहयोग गर्ने उद्देश्यले आफनो पुरै होटेललाई क्वारेन्टाइनका लागि उपलव्ध गराउन चाहेको सञ्चालक खडकाको भनाई छ । होटेललाई राज्यले कोरना भाइरस नियन्त्रणका लागि कोरना क्वारेन्टाइनका लागि होटेल उपलव्ध गराएकोमा प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौड्यालले धन्यबाद व्यक्त गर्नुभएको छ । १५ कोठा रहेको उक्त होटेललाई १५ वेडको क्वारेन्टाइन बनाउन पहल भइरहेको छ ।

प्रकाशित मिति: १२ चैत्र २०७६, बुधबार १९:१२