बाफिकोटमा हेल्प डेक्स स्थापना

प्रचण्ड खत्री / रुकुम पश्चिम् रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा कोभिड १९ सम्भाबित जोखिम तथा नियन्त्रणका लागि गाउँपालिकाले ३ ठाउँमा हेल्पडेक्स स्थापना गरेको छ । गाउँपालिकाको वडा नम्बर ९ गाराघाटमा गाराबाङ स्वास्थ चौकिका निमित्त प्रमुख देब बहादुर खडकाको नेतृत्व ५ जना स्वास्थकर्मी खटिएका छन ।

त्यस्तै वडा नम्बर ४ बिराले पुलमा बाफिकोट स्वास्थ चौकी निमित्त प्रमुख बिबेक बि सिको कमानमा ४ जना स्वास्थकर्मी र वडा नम्बर १ को रेउत खोलामा स्वास्थ ईकाई प्रमुख सन्तोष ठकुरिको कमानमा ३ जना स्वास्थकर्मी परिचालन गरिएको बाफिकोट गाउँपालिकाले जनाएको छ । स्वास्थकर्मिलाई नेपाली सेना ससत्र प्रहरी नेपाल प्रहरीले सहयोग गर्ने ईलाका प्रहरी कार्यलय बाफिकोटका ईन्चार्ज कर्ण बहादुर बि कले जानकारी दिनुभएको छ । हेल्पडेक्समा सोमबारदेखि चेकजाँच सुरु गरिएको थियो ।

त्यसै गरि बाफिकोट गाउँपालिकामा अत्यावश्यक सेवा बाहेक अरु सेवा बन्द गरिएको प्रमुख प्रसासकिय अधिकृत महेश गुरुङले जानकारी दिनुभएको छ । गाउँपालिकाका मुख्य ब्यापारिक केन्द्र छिनखेत बजार मग्मा बजार पिपलका बजारहरु नेटाबजार बिहानै देखि चहलपहल कम भएको चिनखेतका हार्डवयर ब्यापारी शशिराम रिजालले जानकारी दिनुभएको छ । त्यस्तै मुसिकोट छिनखेत राडी सडक पनि बन्द भएको छ ।

सोमबार गाउँपालिकाले सूचना जारी गर्दै कोभिड १९ को सम्भाबित जोखिम रोकथाम तथा नियन्त्रणका लागि बाफिकोट गाउँपालिकाको १२/१० गत्तेको कार्यपालिकाको निर्यय अनुसार बाफिकोट गाउँपालिका भित्र यात्रु बाहाक साधनमा प्रबेश निशेध गरिएको छ ।

प्रकाशित मिति: १२ चैत्र २०७६, बुधबार १९:१९