अनावश्यक हिडडुल गरी प्रहरीमाथी नै अभद्र ब्यवहार गरेको भन्दै मुद्दा दायर, प्रहरी हिरासतमा अनुन्धान जारी

सल्यान– लकडाउनको समयमा अनावश्यक हिडडुल गर्नु हुँदैन भनेर सम्झाउदा उल्टै प्रहरीमाथी अभद्र ब्यवहार देखाउने एक जनालाई सल्यान प्रहरीले मुद्दा चलाएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर २ बस्ने झक्कु बस्नेतलाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बुधबार झक्कुले बागचौर बजारमा बेलुकी साढे ५ बजेतीर अनावश्यक रुपमा हिडडुल गरिरहेको थिए । प्रहरीले लकडाउको समयमा अनावश्यक घर वाहीर निस्कन हुँदैन भनेर समझाउदा उल्टै प्रहरीलाई नै अभद्र ब्यवहार गरेकाले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता बिरुद्ध कसुर (अभद्र ब्यवहार) मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले विहिबार एक प्रेस विज्ञप्ती मार्फत जानकारि गराएको छ ।

निजलाई जिल्ला अदालत सल्यानबाट पहिलो पटक ५ दिनको म्याद थप अनुमति लिई ईप्रका थारमारेको प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २० चैत्र २०७६, बिहीबार १८:१०