
इन्द्र बुढाथोकी ।
सल्यान, २१ चैत मिनीराराको रुपमा परिचित कुपिण्डेतालमा अवस्थित कैलु बराहको मन्दिरका पुजारी लाल बहादुर गोसाइको ७० बर्षको उमेरमा निधन भएको हो । लामो समय सम्म मन्दिरमा पुजारीको रुपमा काम गरिरहेका गोसाईको बिहीवार नै धार्मिक संस्सकार अनुसार अन्त्यष्टि गरिएको छ ।
देशमा लकडाउन भएकोले तत्काल अर्को पुजारीको व्यवस्था गर्न नसकिने बनगाड कुपिण्डे ८ का वडाध्यक्ष कुल बहादुर पुरीले जानकारी दिनुभयो । “अहिले लकडाउनको अवस्थामा अर्को पुजारीको व्यवस्था गर्न सकिने अवस्था छैन स्थिति सामन्य भयो भने पुजारीको व्यवस्था गर्नेछौं,” वडाध्यक्ष पुरीले भन्नुभयो ।
कुपिण्डेतालको सिरानमा रहेको यस मन्दिरमा पुजाआजा गरे निसन्तानहरुलाई सन्तान प्राप्ती हुने धार्मिक मान्यता रहदै आएको छ । केही समय यता कुपिण्डेतालमा घुम्न आउने र पुजाआजा गर्नेको भिड लाग्ने भएको भएपनि लकडाउन पछि शुन्यमा झरेको वडाध्यक्ष पुरीको भनाई छ ।
प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार १५:०१