रेडियो तहल्का छैठौँ बर्षमा प्रवेश

कभरखवर
सल्यान, २१ चैत
सल्यानका सदरमुकाम खलंगाबाट प्रसारण भइरहेको रेडियोले पाँच बर्ष पुरा गरेको छ । उज्यालो सञ्चार केन्द्रद्वारा सञ्चालित रेडियो तहल्का २०७१ साल चैत्र २१ गते देखि प्रसारण आरम्भ गरेको थियो ।
रेडियो तहल्का ९१.९ मेगाहर्जमा प्रसारण भइरहेको रेडियो तहल्का सल्यान आजदेखि छैठौ बर्षमा प्रवेश गरेको उज्यालो सञ्चार केन्द्रका अध्यक्ष डिल्लीराज रावतले जानकारी दिनुभयो । ५ बर्ष पुरा भई ६ बर्ष प्रवेशको अवसरमा रेडियोले संचारमाध्यामको प्रयोग गर्दै छैठौं बर्षिकोत्सव मनाएको छ
देश लकडाउनमा भएको अवस्थामा रेडियोले औपचारिक कार्यक्रम नगरी जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै तहका जनप्रतिनिधि तथा विभिन्न पत्रकार संग संघसंस्थाका शुभकामना सन्देश रेडियोबाट प्रशारण गरेको उज्यालो सञ्चार केन्द्रका अध्यक्ष डिल्लीराज रावतले जानकारी दिनुभयो ।
रेडियोले छैठौं बर्षमा प्रबेश गर्नेक्रममा सहयोग गर्नुहुने सवैमा धन्यवाद तथा आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार १५:२०