जाजारकोटका रावतको शव सल्यानमा भेटियो

इन्द्र बुढाथोकी
सल्यान २४, चैत । जाजरकोट जिल्लाका एक ब्यक्तिको शव सल्यानमा फेला परेको छ । जुनिचादे गाउपालिका वडा नं. ८ जाजरकोट घर भएका २३ वर्षिय धन बहादुर रावतको शव बनगाड कुपिण्डे १ साङटाखोलामा फेला परेको हो ।
मानसिक समस्या भएका रावत चैत ९ गते देखि हराइरहेको परिवारले प्रहरीलाई जानकारी दिएको थियो । उनको सोमबार शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शवमा भएको कपडाका आधारमा रावतका कान्छाबाजेले चिनेपछि उनको नामथर पत्ता लागेको प्रहरीको भनाई छ । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको र घटनाको बारेमा अनुसन्धान भइरहको प्रहरीको भनाई छ । रावत केही महिना देखि ज्याला मजदुरीका लागि सल्यान जिल्लाको बनगाड कुपिण्डे १ बुरेलमीमा वस्दै आएका थिए ।

प्रकाशित मिति: २४ चैत्र २०७६, सोमबार १७:१३