कभर खबर

  • २८ चैत्र २०७६, शुक्रबार १५:४१

हत्या आरोपमा दुई जना पक्राउ

प्रचण्ड खत्री
रुकुम पुर्ब -कुम पुर्बमा हत्या गरेको आरोपमा २ जना ब्यत्तीलाई प्रहरीले पक्राउ गरेको छ । भुमे गाउँपालिका ६ महतका दिपेन्द्र बुढाको हत्याको आरोपमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । महत स्वास्थ चौकी नजिकै २६ गते बुढाको शव फेला परेको थियोे । शव स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए ।

बुढाको हत्याको आरोपमा उक्त वडाकी ४७ वर्षिय जानसरी बुढा र नाम नखुलेका अर्का १ पुरुष लाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय रुकुम पुर्बका सूचना अधिकारि तथा प्रहरी निरीक्षक दिनेश गुरुङले कभर खबर डटकमलाई जानकारी दिए । बुढालाई यहि चैत्र १८ गते बेलुकी ७ बजे तिर कुटपिट गरि भिरबाट फालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति: २८ चैत्र २०७६, शुक्रबार १५:४१