शैक्षिक सत्रभरी विदा नलिएर पढाउने शिक्षिका

 प्रचण्ड खत्री / रुकुम पश्चिम्

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ स्थित जनबिकास माबी ज्यामिरकोट टाकुरामा अध्यापनरत शिक्षिका बिन्दु शाह मल्ल वर्षभरी नै बिद्यालयमा उपस्थित भइ निरन्तर काममा खटिने शिक्षिकामा पर्नुभएकाे छ ।

सोही वडाकि बासिन्दा समेत शाह विभिन्न बहाना बनाएर घर बस्ने र बिदा पाउने अधिकार ठान्नेहरुका लागि उहाँ गतिलो उदाहरण बन्नुभएकाे छ । गत सालको बिद्यालयको भर्ना अभियानसङगै बिद्यालयमा हाजिर हुनुभएकि शिक्षिका शाह शैक्षिक सत्र समापनसम्म निरन्तर खटिने शिक्षिका बन्नु भएको छ ।

मिलनसार र कर्तव्यनिष्ठ शिक्षिका शाहले आफ्नो कामलाई नै प्रमुख जिम्मेवारी ठानेर नै अधिकतम पठनपाठनमा सहभागी भएको बताउनुभयो । तर बिद्यालयमा कार्यरत अन्य शिक्षक तथा कर्मचारीहरुले भने कुनै न कुनै दिन बिदा लिएको पाईएकाे छ ।

वर्षभरी नै निरन्तर बिद्यालयको काममा खट्ने शिक्षिका शाहलाई बिब्यस अध्यक्ष हरिप्रसाद शर्मा र प्रधानाध्यापक दिपक सङगम थापाले धन्यवाद दिनुभयो । त्यस्तै आठबिसकोट नगरपालिकाका बिद्यालय निरीक्षक ईन्द्र बहादुर बिष्टले शिक्षिका शाहको कामप्रति खुसी हुदै यस्तै ईमान्दार शिक्षकहरुले गर्दा नै शैक्षिक सुधार हुने बिश्वास लिएको बताउनुभयो ।

प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार १५:००