
नन्दा शाही, जाजरकोट । कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि जाजरकोटमा संकलन गरिएका स्बावको सबै रिपोर्ट नेगेटिभ आएको छ ।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटले क्वारेन्टाइनमा बसेका १४ जनाको नमुना संकलन गरी सुर्खेत पठाएको थियो । कोरोनाको सम्भावित संक्रमितका रुपमा रहेका उनीहरुको परीक्षण रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । उनीहरु जिल्लामा व्यवस्था गरिएको क्वारेन्टाईन र होम क्वारेन्टाईमा बसिरहेका छन् ।
शनिबार सवैको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि सबैलाई घर फर्काउने तयारी गरिएको कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार १९:२७