सल्यानमा आफ्नै बाबुको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

आफ्नै बाबुको हत्या गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई गिरफ्तार गरेको छ ।

जिल्लाको शिद्ध कुमाख गाउँपालिका २ कुइयाझोलका २१ वर्षिय सुरज वि.क.लाई आफ्नै बाबु ५२ वर्षिय बुदे कामीको हत्या गरेको आरोपमा प्रहरीले आईतबार गिरफ्तार गरेको हो । सुरजले १३ गते शनिबार वेलुकी सात बजे बाबुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हत्याको आरोपमा छोरा सुरजलाई आज आईतबार विहान नियन्त्रत्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डियसपी ढकेन्द्र खतिवडाले बताउनुभयो ।

निज सुरजले यहि वैशाख १ गते कुटपिट गरी आमाको पनि हात बाँचेको प्रहरीले बताएको छ । हत्याको कारण खुल्न सकेको छैन भने हत्याबारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: १४ बैशाख २०७७, आईतवार १०:३९