गहुँ दाँइ लाउने मेसिनमा पर्दा सल्यानमा एक किसानका दुवै हात काटिए

सल्यान – गहुँ दाँइ लाउने मेसिनले सल्यानमा एक किसानको दुवै हात काटेको छ ।जिल्लाको छत्रेश्वरी गाउँपालिका ३ झिम्पे पातिहाल्न निवासी ४० वर्षीय निम बहादुर योगीको गहुँ मिर्ने मेसिनले दुवै हात छिनालेको हो ।
काटेको गहुँ मेसिनमा राखेर दाँइ लाउने क्रममा एकजना किसानको दुवै हात काटेको हो ।सोमबार रातीसबै स्थानीयले गहुँ दाँइ लाउनका लागि मेसिन बोलाएका थिए ।
केहिदिन अघि खेतमा काटेको गहुँ वर्षातको कारण दाँइ लाउन हतार भएपछि उनिहरुले दिनभरि मेसिन कुरेर राती पातिहाल्नमा मिसिन बोलाएर गहुँ दाँइ लाउदा सो घटना भएको वडा अध्यक्ष राज बहादुर बुढाथोकीले बताउनुभयो ।
अध्यक्ष बुढाथोकीका अनुसार राति एक बजे गहुँ दाँइ लाउनकाे लागि किसान योगीको पालो आएको थियो । सोहि क्रममा उनले हतार हतारमा गहुँका मुठा मेसिनमा राख्दा दुवै हात मेसिनको भित्र पुगेपछि मेसिनले हात काटेको हो ।
उपचारको लागि उनलाई श्रीनगरबाट नेपालगन्ज रिफर गरिएपनि त्यहा उपचार हुन नसकेर काठमाडौं लिने तयारी भैरहेको छ । उनको अवस्था अहिले गम्भीर भएको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

प्रकाशित मिति: १६ बैशाख २०७७, मंगलवार १३:४६