जाजरकाेटकाे बारेकोट गाउँपालिकामा ७० जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

कभरखवर संवाददाता –  जाजरकोट

जाजरकोटको बारेकोट गाँउपालिकामा गरिएको द्रुत परीक्षण९र्या्पिड डाइग्नोस्टिक टेष्ट ० बाट ७० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

विभिन्न क्षेत्रहरु बाट जिल्ला भित्रिएकाहरुलाई लिम्सामा द्रुत परीक्षण गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिनु भयाे। उहाँले भन्नु भयो बारेकोट गाउँपालिकामा अहिले सम्म गरिएको परिक्षण सन्तोषजनक नै छ ।

जसअन्तर्गत द्रुत परिक्षणमा महिला १२ जना र पुरुष ५८ जनाको टेस्ट गरिएको उहाँको भनाई छ । गाउँपालिका भित्र भित्रियका अन्य नागरिकहलाई प्रदेश सरकारले आवश्यक किट पठाए परिक्षण गरिने प्रमुख सिंहले कभर खबर डटकमलाई जानकारी दिनु भयाे ।

प्रकाशित मिति: १७ बैशाख २०७७, बुधबार १६:०९