राेल्पामा बेवारिसे बम पड्किदा बाख्रा चराउन गएका चार बालककाे मृत्यु

१८ वैशाख, काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ ।

प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको जानकारी दिनुभयाे ।

उहाँका अनुसार बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको सूचना आएपछि प्रहरी पठाइएको हो ।

गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको बताउनुभयाे ।

प्रकाशित मिति: १८ बैशाख २०७७, बिहीबार २०:२४