
प्रचण्ड खत्री
रुकुम पश्चिम् – रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा झण्डैै २ सयलाई क्वारेन्टाइनमा राखिएकाे छ । अहिले सम्म तेस्रो मुलुक र देशका विभिन्न ठाउँमा मजदुरी गर्न गयका र अध्ययनको सिलसिलामा काठमाडौ , चितवन , नेपालगन्ज , र दाङ गयका विद्यार्थीहरु गरि १९७ जना गाउँपालिकाले तोकेको क्वारेन्टाइनमा छन् ।
यस्तै ३० जना भने होम क्वारेन्टाइनमा बसेका छ्न । कम परिबार भएका र दुई वटा घर भएका ब्यक्ति आफ्नो ईच्छा अनुसार क्वारेन्टाइन बस्न नमानेपछि उनिहरुलाई वडा सदस्यको निगरानीमा होम क्वारेन्टाइन बसालीएको गाउँपालिका अध्यक्ष धर्म बहादुर के सिले बताउनुभयो ।
तेस्रो मुलुक र भारतका प्रान्तबाट आएका ब्यत्ती र धादिङका इट्ठाभट्टा, सिन्धुपाल्चोकको विभिन्न इट्टाभट्टा र राजधानी काठमाडौमा मजदुरि गर्न गयका सबैलाई भने क्वारेन्टाइनमा राखियको छ भने विद्यार्थीहरुलाई भने होम क्वारेन्टाइनमा राखियको गाउँपालिका अध्यक्ष के सिले बताउनुभयो ।
बाफिकोट गाउँपालिकाको सामाजिक बिकास शाखा स्वास्थ तथा सरसफाइ कार्यलयका अनुसार वडा नम्बर १ मा क्वारेन्टाइनमा १६ जना , होम क्वारेन्टाइनमा ४ जना , वडा नम्बर २ मा क्वारेन्टाइनमा ३७ जना , वडा नम्बर ३ मा क्वारेन्टाइन १४ जना , वडा नम्बर ४ मा क्वारेन्टाइनमा १५ जना , होम क्वारेन्टाइनमा ११ जना , वडा नम्बर ५ मा क्वारेन्टाइन ७ जना , वडा नम्बर ६ मा क्वारेन्टाइनमा ४५ जना , होम क्वारेन्टाइन ४ जना , वडा नम्बर ७ मा क्वारेन्टाइनमा १७ जना , वडा नम्बर ८ मा होम क्वारेन्टाइनमा ८ जना , वडा नम्बर ९ मा क्वारेन्टाइनमा ११ जना , वडा नम्बर १० मा क्वारेन्टाइनमा २२ जना र १ जना होम क्वारेन्टाइनमा बसेको सामाजिक बिकाश शाखा स्वास्थ तथा सरसफाइ कार्यलय बाफिकोटका संयोजक जानकी मल्लले बताउनुभयो ।
उनिहरुलाई अहिलेसम्म खानाको रुपमा दाल , भात , तरकारी , र दिउँसो नास्ताको रुपमा चना र पकौडा र हप्तामा मासु खुवाउने गरेको सबन्धित वडा अध्यक्षहरुले जानकारी गराउनु भएको छ ।
काठमाडौ देखि कोरोना परिक्षणका लागि कीट आएपछि आरडिटी परिक्षण गरेर पोजिटिभ देखियो भने स्वाब संकलण गरेर प्रयोगशालामा पठाउने र नेगेटिभ देखियो भने घर पठाउने कार्यपालिकाकाले निर्णय गरेको प्रमुख प्रशाशकिय अधिकृत महेश गुरुङले बताउनुभयो । ३ दिन लगायर क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका ब्यत्तीहरुको गाउँपालिकाले अनुगमन गरेको थियो ।
प्रकाशित मिति: २० बैशाख २०७७, शनिबार १०:३७