लक्ष्मि बैंकद्दारा वाँफिकाेट गाउँपालिकालाई स्वास्थ सामाग्री सहयाेग

प्रचण्ड खत्री

रुकुम पश्चिम् – रुकुम पश्चिमको बाफिकोट गाउँपालिकालाई लक्ष्मि बैंक बाफिकोट शाखाले स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ ।

लक्ष्मि बैंक बाफिकोट शाखाका म्यानेजर राजन के सिले बाफिकोट गाउँपालिका अध्यक्ष धर्म बहादुर के सिको कार्यकक्षमा पुगेर २ वटा पिपिई सेट र ३ वटा थर्मल गण हस्तान्तरण गर्नु भएको बैंकले जानकारी दिएको छ ।

गाउँपालिका अध्यक्ष केसिले सामाग्री  ग्रहण गर्दै कोरोना भाईरसले बिश्व जगतलाई नै आतंकित पारिरहेको बेलामा लक्ष्मि बैंकले गरेको सराहनिय कार्यलाई धन्यवाद दिनुभएको थियो ।

यस अघि बाफिकोट गाउँपालिकालाई वडा नम्बर १० का समाजसेवी तथा पुर्व स्वास्थकर्मी हरि चन्दले गाउँपालिकालाई स्वास्थ सामाग्री उपलब्ध गराईदिनुभएको थियो ।

प्रकाशित मिति: २५ बैशाख २०७७, बिहीबार ०६:१८