कभर खबर

  • २६ बैशाख २०७७, शुक्रबार ०९:४४

बाफिकोट गाउँपालिकाले क्वारेन्टाइन २ सय ४ जनलाई घर पठायो

प्रचण्ड खत्री
रुकुम पश्चिम् – रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा क्वारेन्टाइनमा बसेका २०४ जना घर फर्किएका छ्न ।
दुइ दिन लगायर गरिएको नमुना परिक्षण ( आरडिटी) मा सबैको रिपोर्ट नेगेटिभ आएपछि घर पठाएको बाफिकोट गाउँपालिकाका अहेब सुनिल के सिले बताउनुभयो ।

गाउँपालिकाले जिल्ला बाहिर गएका मजदुरहरुलाई उद्दार गरी क्वारेन्टाइनमा राखेको थियो ।

मजदुरको लागि धादिङ , काठमाडौ , पोखरा , सिन्धुपाल्चोक , अध्ययनको सिलसिलामा विभिन्न जिल्ला गयका विद्यार्थीहरुलाई २ वटा गाडी मार्फत उद्दार गरि आ-आफ्नो वडाको क्वारेन्टाइनमा राखियको थियाे ।

४ जना बसेको कोठामा २ जना र ३ जना बसेको कोठामा १ जनालाई नमुना परिक्षण ( आरडिटी ) गरिएको बाफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङले बताउनुभयो ।  सबै घर गएपछी १ देखि १० वडाका ११ वटा क्वारेन्टाइन खाली भएका छ्न ।

त्यस्तै सानिभेरी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका कसैको पनि नमुना परिक्षण नगरी घर पठाएको छ । उनिहरुको ज्वरो मात्र चेक गरेर घर पठाएको सानिभेरिका प्रमुख प्रशासकीय अधिकृत भुपालसिह बिस्टले बताउनुभयो ।

रुकुम पश्चिमका आठबिसकोट नगरपालिका बाहेक अरु स्थानिय तहहरुले जिल्ला बाहिर बाट आएका मजदुरहरुलाई क्वारेन्टाइनमा राखेका छ्न ।

प्रकाशित मिति: २६ बैशाख २०७७, शुक्रबार ०९:४४