
सल्यान । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाकाे सक्रियतामा सल्यान अस्पताललाइ कोरोना भाइरस नियन्त्रण र रोकथाममाका लागी किड तथा स्वास्थ्य सामाग्री प्रदान गरिएकाे छ । अस्पताललाइ सहयाेग पुर्याउन पिसिआर परीक्षणका लागि आवश्यक पर्ने भिटिएम र आरडीटी किट प्रदान गरेको हाे । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले सो सामाग्री सल्यान अस्पतालका प्रमुख डाक्टर अर्जुन बुढालाइ हस्तान्तरण गर्नु भएको छ ।
पिपई पूर्ण शारीरिक सेट ४० थान, फेश शिल्ड ४० थान,थर्मल गन २ थान, डिजिटल थर्मामीटर १० थान,मास्क २४ थान लगायतका अत्यावश्क सामाग्री प्रदान गरिएको डाक्टर बुढाले जानकारी दिनुभयो ।
प्राप्त सामाग्रीहरु जिल्ला अस्पताल सल्यानका साथै आवश्यकता अनुसार जिल्लाका अन्य स्वास्थ्य संस्थालाइ समेत उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । सामाग्री हस्तान्तरण गर्दै अर्थमन्त्री ज्वालाले कोरानाबाट बच्नको लागी गर्नुपर्ने कुनै कसर बाँकी नराख्न स्वास्थ्यकर्मीहरुलाइ आग्रह गर्नुभयो ।
कोरोनाको जोखिम कम गर्नको लागी सबैभन्दा पहिले स्वास्थ्य सामाग्रीको आवश्यकता पर्ने भएकाले प्राथमिक स्वास्थ्य सामाग्री प्रदान गरिएको उहाँले बताउनुभयो ।
हामीले सामान्य नभइ नहुने स्वास्थ्य सामाग्री उपलब्ध गराएका छौं, कभरखबरसंग कुरा गर्दै मन्त्री ज्वालाले भन्नुभयो,स्वास्थ्यकर्मी सुरक्षित भएपछि उनिहरुलाइ काम गर्न पनि हौसला प्राप्त हुन्छ । कोरोना रोकथामको लागी जिल्लामा पालिका तथा स्थानीय प्रशासनले खेलेको भुमिका प्रशँसनीय भएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: २७ बैशाख २०७७, शनिबार १६:२३