बनगाड कुपिण्डे नगरपालिकाकाे कोरोना राहत कोषमा सहयोग जुट्दै

इन्द्र बुढाथोकी
सल्यान ३० बैशाख । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले स्थापना गरेको कोरोनाविषेश विपद राहत कोषमा सहयोग प्राप्त हुने क्रम चलिरहेको छ ।

यसैक्रममा आज मंगलबार दलित सेवा संघ सल्यानका कार्यक्रम सयोजक यज्ञ कुमार विकले १० हजार, महिला सहयात्रा लघुबित वितिय सस्था लि. सल्लीबजार शाखाका फिल्ड सहायक नर बहादुर विस्टले १५ हजार र चेतना उद्दामी सामाजिक सहकारी सास्थाले ७ हजार २५ रुपैया आर्थिक सहयोग गरेको छ ।

कोभिड १९ विरुद्ध नगरपालिकासँग सहकार्य गरेर अघि वढ्ने उद्धेश्यका साथ सस्थाहरुले उक्त रकम हस्तान्तरण गरेको हो ।

बनगाड कुपिण्डे नगरपालिका सेवा क्षेत्र बनाएर काम गरेका विभिन्न संघ सस्थाले नगरपालिका कोरोना राहत कोषमा रकम जम्मा गर्ने क्रम चलिरहेको छ ।

आज विभिन्न सस्थाका प्रतिनिधिहरुले नगर प्रमुख गोविन्द कुमार पुन, नगर उपप्रमुख मञ्जु यरीलाइ चेक हस्तान्तरण गर्नु भएको छ । विश्वभरी नै महामारी फैलिएको कोरोना रोग विरुद्ध सबै जुट्नका लागि सहयोग रकम प्रदान गरिएको दलित सेवा संघ सल्यान कार्यक्रम सयोजक यज्ञ कुमार विकले बताउनुभयो ।

विपद् व्यवस्थापन राहत कोषको लागि चेक बुझ्दै नगर प्रमुख पुनले राहत सहयोग गरेकोमा धन्यवाद दिनु भएको छ । साथै यस्तो महामारीमा नगरपालिकालाई सहयोग गर्ने सबैमा आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति: ३० बैशाख २०७७, मंगलवार १६:२७