रूकुम पश्चिमकाे स्यार्पुताल ओझेलमा

प्रचण्ड खत्री

रुकुम पश्चिम् – रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा रहेको स्यार्पुताल विभिन्न कारणले ओझेलमा परेको छ ।

तालको वरिपरि खनिएको रिङरोडको कारणले गर्दा ओझेलमा पर्न गयको स्थानीय बासी बताउछ्न ।

रिङरोडबाट खनिएको माटो तालमा पर्न गयपछी तालको स्वरुप बदलिन गयको पर्यटन ब्यबसायमा लाग्नु भएका मान बहादुर खत्रीले बताउनुभयो ।

२०६० साल भदौ महिनामा आएको बाडिले खारखोलाका ४ घर बगाउँदा तालमा पनि असर पर्न गयको स्थानियहरु बताउछ्न । बाफिकोट गाउँपालिका वडा नम्बर ५ स्यार्पु र वडा नम्बर ३ दहका स्थानीय बासिले तालमा गाईबस्तु छाडा छाड्ने , भिमलका ( सेटि ) काठहरु तालमा गाड्ने , नुहाउने , पौडी खेल्ने कार्यले तालको अस्तित्व हराउन गयको स्यार्पुताल संरक्षकमा लाग्नु भएका स्यार्पु पर्यटन बिकाश केन्द्रका अध्यक्ष खिम प्रसाद पुरिले बताउनुभयो ।

नेपाल जनगागरण मञ्चको आर्थिक सहयोग र स्यार्पुताल कृषि सहकारी संस्थाको सहजीकरणमा स्यार्पुताल वरिपरि विभिन्न जातका बिरुवाहरु रोपिएका छ्न । स्यार्पुतालमा पर्यटकलाई लोभ्याउने हिसाबले तालमा विभिन्न संघ संस्थाले महत्त्वपूर्ण भुमिका खेलेको पाईन्छ । तालको उत्तर साइटमा बासताजे भिर परापुर्बक कालमा भिरको नामाकरण गरिएको थियो । २२ सय बर्ष अगाडि एक जना राक्षसले बासोले एक पटकमा भिर काटेका थिए भन्ने बुढापाखाले बताउदै आएका छ्न । यस भिरलाई गाउँपालिकाले पर्यटन बिकासमा महत्त्वपूर्ण भुमिका खेल्न जरुरी देखिन्छ ।

स्यार्पुतालमा १ वटा भ्युटावर निर्माण गरिएको छ भने अर्को निर्मानाधिन चरणमा छ । यसबाट पुरै स्यार्पुताल देख्न सकिन्छ । दहमा भ्युटावर निर्माण गरिएको छ भने वडा नम्बर ५ को स्यार्पुगाउमा काम अन्तिम चरणमा पुगेको वडा अध्यक्ष कस्तुप प्रकाश दाहालले बताउनुभयो । साथै नेपाल जनजागरण मन्चको आर्थिक सहयोगमा स्यार्पुतालमा डुङ्गा ब्यबस्था गरिएको छ । पर्यटन हिसाबले स्यार्पुताल नेपालकै नमुना ताल हो । स्यापुतालमा घुम्न आउने पर्यटकलाई बाँस बस्नको निम्ति तालको छेउमा होम स्टेय निर्माण गरिएको छ ।

सदरमुकाम मुसिकोट खलंगाबाट स्यार्पुताल पुग्न २० किलोमीटरको यात्रा गरेपछि स्यार्पुतालमा पुग्न सकिन्छ । मोटरसाइकल , जिप , बस मार्फत गाडीहरु तालमा छेउमा पुग्ने गर्दछ्न । तालमा पुगेपछी पर्यटकको मन तालमा बसिरहु जस्तो हुन्छ ।

प्रकाशित मिति: ३० बैशाख २०७७, मंगलवार १६:३५