काेराना संक्रमितकाे संख्या २ सय १७ पुग्याे :काठमाण्डौ उपत्यकामा तीनसहित एकैदिन ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रयोगशाला, काठमाण्डौमा गरिएको परीक्षणमा पर्साका १२ पुरुष र ६ महिला गरी १८ जना, महोत्तरी, धनुषा र भक्तपुरमा दुई-दुई जना तथा काठमाण्डौ र सर्लाहीमा एक-एक जना गरी २६ जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि आज दिउँसो पर्सामा दुई पत्रकारसहित ३९ जना, रुपन्देहीका ९ जना, कपिलवस्तुका ८ जना र बाराका एक जना गरी ५७ जनामा कोरोना पुष्टि भएको थियो।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २१७ पुगेको छ । अहिलेसम्म उपचारपछि ३३ जना निको भएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार मङ्गलबारसम्म पीसीआर विधिबाट १८ हजार ९ सय ६४ र आरडीटी विधिबाट ५९ हजार ६ सय २७ जनाको नमुना परीक्षण गरिएको छ।

यस्तै २ सय २८ जनालाई आइसोलेशनमा र १२ हजार सात सय ८५ जनालाई क्वरेण्टीनमा राखिएको छ।

प्रकाशित मिति: ३१ बैशाख २०७७, बुधबार ०४:४४